सीप्यान अवार्ड– पहिलो क्युरेटरदेखि उदीयमान खेलाडीको ‘पहिचान’ | Khabarhub Khabarhub

सीप्यान अवार्ड– पहिलो क्युरेटरदेखि उदीयमान खेलाडीको ‘पहिचान’



काठमाडौं– मंगलबार नेपाली क्रिकेटमा योगदान पुर्‍याएका ४ क्रिकेट खेलाडी तथा एक जना पूर्व क्रिकेटरलाई क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) बाट सम्मानित भएका छन् ।

राजधानीमा आयोजीत उक्त कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पुरुषतर्फ ‘वर्ष क्रिकेट खेलाडी’ बने भने महिलातर्फ सीता राना मगर सम्मानित भइन् ।

लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित कोमलबहादुर पाण्डे

वर्षको ‘उदीयमान खेलाडीको अवार्ड रोहित कुमार पौडेलले जितेका छन् ।

यस्तै, करण केसीले ‘मोस्ट भ्यालुएवल मुभमेन्ट अफ दी इयर’ र कोमल कहादुर पाण्डेले ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ पाए ।

पाकिस्तान सुपर लिग (पीएसएल) का लागि दुबईमा रहेका सन्दीपको पुरस्कार राष्ट्रिय टोलीका कप्तान पारस खड्काले ग्रहण गरे । युवा स्पिनर सन्दीपले २०१८ मा नेपाली क्रिकेट टोलीले पाएको सफलतामा महत्वपूर्ण भूमिका निभाएकै कारण उनी वर्ष उत्कृष्ट खेलाडी बन्न सफल भए । उनले अवार्डसहित १ लाख ३२ हजार नगद पुरस्कार पाए ।

अवार्डका लागि मनोनयनमा सन्दीपसँगै राष्ट्रिय टोलीका कप्तान पारस खड्का, बलिङ अलराउण्डर सोमपाल कामी, ब्याटिङ अल राउन्डर दीपेन्द्रसिंह ऐरी तथा करण केसी रहेका थिए ।

सन्दीपले सन् २०१८ मा राष्ट्रिय टोलीबाट खेलेका ३२ अन्तर्राष्ट्रिय खेलमा ८४ विकेट लिएका थिए । जसमध्ये ५ प्रतियोगितामा उनी ‘प्लेयर अफ दि सिरिज’ र ८ खेलमा ‘प्लेअर अफ दि म्याच’ भएका थिए ।

महिलातर्फ वर्ष क्रिकेट खेलाडी खेलाडीकाे अवार्ड ग्रहण गर्दै सीता रानामगर

पुरुषतर्फ सन्दीप उत्कृष्ट खेलाडी बन्दा महिला क्रिकेटको सफलतामा महत्वपूर्ण भूमिका निभाएकी सीता राना मगर उत्कृष्ट महिला खेलाडी बनिन् । उनले अर्वाड सहित ६६ हजार पुरस्कार पाइन् । महिला टोलीकी कप्तानसमेत मनोनयनमा परे पनि सीताले पुरस्कार हात पारिन् । महिला क्रिकेट खेलाडीको मूल्याङ्कन थाइल्यान्डमा भएको ट्वान्टी—२० स्म्याश क्रिकेट प्रतियोगितामा खेलाडीको प्रदर्शनका आधारमा पुरस्कार दिइएको थियो । महिला वर्ष खेलाडीमा सीतासँगै महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासी, इन्दु बर्मा, करुणा भण्डारी र सरिता मगर पनि मनोनयनमा परेका थिए ।

पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीमा युवा खेलाडीहरुको प्रतिनिधित्व बढ्दो क्रममा छ । त्यस्तै, नेपाली क्रिकेटमा युवा खेलाडीहरुलाई आकर्षित गर्न सिप्यानले उदीयमान खेलाडीलाई पनि अवार्ड प्रदान गरेको छ । सन् २०१८—०१९ मा उदीयमान खेलाडीको अवार्ड राष्ट्रिय टोलीका युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले हात पारेका छन् । उनले नेपालबाट डिभिजन २ मा डेब्यु गर्दै टोलीका लागि महत्वपूर्ण खेलमा उत्कृष्ट ब्याटिङ गर्दै आएका छन् । केही समय अगाडि युएईविरुद्धको एकदिवसिय अन्तराष्ट्रिय शृङ्खला (ओडीआई) मा अर्धशतक बनाउँदै पुरुष खेलाडी तर्फ विश्वकै एकदिवसीयमा अर्धशतक पूरा गर्ने कान्छो खेलाडीको किर्तीमानी बनाए ।

२० वर्ष लामो इतिहास बोकेको नेपाली क्रिकेट इतिहासमा पछिल्लो एक वर्षमा नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा पाएको सफलता मध्येको सबैभन्दा सम्झनलायक क्षणमध्ये उत्कृष्ट १० क्षण आयोजकले यसअघि सार्वजनिक गरेको थियो ।

जसमा करण केसीले डिभिजन २ मा क्यानडाविरुद्धको खेलमा अविजित ४२ रन बनाउँदै टोलीलाई एकदिवसीय क्रिकेट छनोटसम्म पुर्‍याएको क्षणले अवार्ड जितेको छ । करणले अवार्डसहित ६६ हजार नगद पुरस्कार हासिल गरे ।

उदीयमान खेलाडीको अवार्ड जितेका रोहित कुमार पौडेल

१० क्षणमा नेपाली टोलीका कप्तान पारस खड्काको एकदिवसीय शतकसहित युवा खेलाडी सन्दीप जोराको अर्धशतक पनि महत्वपूर्ण क्षणका लागि मनोनयनमा परेको थियो ।

क्रिकेट खेलाडी संघ नेपालले नेपाली क्रिकेट विकासमा योगदान पुर्‍याएका कोमल बहादुर पाण्डेलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको छ । ७८ वर्षे पाण्डे नेपालका पहिलो पुस्ताका क्रिकेट खेलाडी तथा पहिलाे क्युरेटर (क्रिकेट ग्राउण्डको पिच निर्माण गर्ने व्यक्ति) समेत हुन् ।

२०७३ सालमा गठन भएको क्रिकेट खेलाडी संघ नेपालले पहिलो पटक आयोजना गरेको अवार्ड कार्यक्रमलाई आगामि वर्षहरुमा पनि निरन्तरता दिने संघका अध्यक्ष डा. मनिस राज पाण्डेको भनाइ थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ७ : २४ बजे

आईसीसी विश्वकप लिग- २ : अमेरिकाले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलामा नेपाल

५२ गर्भवतीलाई पोषण भत्ता प्रदान

तनहुँ– तनहुँकाे व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार

भोजपुरका किसान व्यवसायिक चिया खेतीमा आकर्षित

भोजपुर– भोजपुरमा अर्गानिक चिया उत्पादन गर्ने लक्ष्यले किसान व्यवसायिक खेतीतर्फ

राप्रपा प्रवक्ता श्रेष्ठले बालुवाटार बैठकमा जे देखे– ‘जेन–जीका एजेण्डा ‘हाइज्याक’ भइसकेछन्’

काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार भएको त्रिपक्षीय वार्तामा सहभागी

बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम