इस्लामिक स्टेटविरुद्ध सिरियाली सेनाको कारबाही तीव्र « Khabarhub

इस्लामिक स्टेटविरुद्ध सिरियाली सेनाको कारबाही तीव्र


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सिरियाली सेनाले मुलुकको मध्यभागको मरुभूमि इलाकामा आतंकवादी संगठन इस्लामिक स्टेटको नियन्त्रणमा रहेका बाँकी भूभागमा सैनिक आक्रमण शुरु गरेको छ । सिरियाको मध्यभागमा रहेको अल शुख्ना शहर तथा त्यस आसपास रहेका क्षेत्रमा सिरियाली सेनाले व्यापक हवाई आक्रमण गरेको जनाइएको छ ।

सन् २०१४ सम्म सिरियाको आधा भूभागमा कब्जा जमाएको इस्लामिक स्टेट हाल सिरियाको सानो भूभागमा मात्र सिमित छ । पछिल्लो समय पूर्वी सिरियाको डिएर एजजोर प्रान्तको बाघुज शहर आसपास अमेरिका समर्थित कुर्दिस लडाकुको नेतृत्वमा रहेको फौजले व्यापक सैनिक आक्रमण गरिरहेका बेला मध्य सिरियामा पनि सिरियाली सेनाले इस्लामिक स्टेटविरुद्ध सैनिक आक्रमण गरेको हो ।

सिरियाली सेनाले इस्लामिक स्टेटका लडाकुलाई लक्षित गरी गरेको आक्रमणमा लडाकुतर्फ भएको क्षतिको विवरण भने खुलाइएको छैन ।
सिरियाली सेनाले अल शुख्ना शहरलाई सन् २०१७ मा इस्लामिक स्टेटबाट मुक्त गरेको थियो । यद्यपि मध्य सिरियाको मरुभूमिमा अवस्थित ऐतिहासिक शहर पल्माइरालाई डिएर एजजोर शहरसँग जोड्ने धुलौटे सडक आसपास इस्लामिक स्टेटको उपस्थिती रहेको बताइन्छ । त्यहाँ रहेका इस्लामिक स्टेट लडाकुलाई लक्षित गरी सिरियाली सेनाले आक्रमण गरेको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ९ : २३ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा