जिम्बाब्वेविरुद्धको नाकाबन्दी अमेरिकाले एक वर्ष लम्ब्यायो « Khabarhub

जिम्बाब्वेविरुद्धको नाकाबन्दी अमेरिकाले एक वर्ष लम्ब्यायो


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिकी मुलुक जिम्बाब्वेविरुद्धको नाकाबन्दीलाई एक वर्ष लम्ब्याउने भएका छन् । राष्ट्रपति ट्रम्पले सूचना जारी गर्दै जिम्बाब्वेको नयाँ सरकारका नीति अमेरिकी विदेश नीतिका लागि असाधारण खतराका रुपमा रहेकाले नाकाबन्दी एक वर्ष नाकाबन्दी थप गर्नु परेको जनाएका हुन् ।

‘यी मानिसहरुको नीति तथा कामहरुले निरन्तर रुपमा संयुक्त राज्य अमेरिकाको विदेश नीतिमा असामान्य तथा असाधारण खतरा निम्त्याएको छ ।’ ट्रम्पको सूचनामा उल्लेख छ, ‘म कार्यकारी आदेश नम्बर १३२८८ अनुसार जिम्बाब्वेमाथिको नाकाबन्दीलाई एक वर्षका लागि निरन्तरता दिनेछु ।’

यसअघि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा सहित विभन्न अफ्रिकी मुलुकका नेताहरुले सन् २०१७ मा जिम्बाब्वेमा भएको सत्तापलटपछि लामो समयदेखि जिम्बाब्वेको शासनमा रहेका रोबर्ट मुगाबेलाई सत्ताच्युत गरी सरकार सम्हालेका एमर्सन म्नगाग्वा नेतृत्वको सरकारमाथिको नाकाबन्दी फुकुवा गरी जिम्बाब्वेलाई आर्थिक संकटबाट मुक्त हुने मौका दिनुपर्नेमा जोड दिँदै आएका थिए ।
राष्ट्रपति ट्रम्प प्रशासनका अधिकारीले जिम्बाब्वेमा प्रदर्शन गर्न पाउने तथा प्रेस स्वतन्त्रताको प्रत्याभूति नभएसम्म जिम्बाब्वेमाथिको नाकाबन्दी जारी रहने बताएका छन् ।

अमेरिकी अधिकारीका अनुसार राष्ट्रपति म्नगाग्वा तथा पूर्व राष्ट्रपति रोबर्ट मुगाबेसहित हाल अमेरिकाका नाकाबन्दीमा जिम्बाब्वे १ सय ४१ व्यक्ति तथा संस्थाहरु छन् ।

नयाँ राष्ट्रपति म्नगाग्वाले जिम्बाब्वेको सत्तारुढ जिम्बाब्वे अफ्रिकन नेशनल युनियन–पेट्रियटिक फ्रन्ट जानुपीएफ पार्टी, मुलुकका केही सैनिक अधिकारी तथा मुलुकका राष्ट्रिय संस्थान विरुद्ध मुगाबेको शासनकालमा लोकतान्त्रिक प्रक्रिया तथा मानवअधिकार हनन् भएको भन्दै लगाइएको नाकाबन्दी फुकुवा गर्न आह्वान गरेका थिए ।

जिम्बाब्वे पछिल्ला केही दशकयता आर्थिक संकटको मारमा पर्र्दै आएको छ । गत जनवरीमा जिम्बाब्वेमा इन्धनको मूल्यमा १ सय ५० प्रतिशत बृद्धि गरेपछि मुलुकभर प्रदर्शन भएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ९ : २८ बजे

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा