जिम्बाब्वेविरुद्धको नाकाबन्दी अमेरिकाले एक वर्ष लम्ब्यायो « Khabarhub

जिम्बाब्वेविरुद्धको नाकाबन्दी अमेरिकाले एक वर्ष लम्ब्यायो


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिकी मुलुक जिम्बाब्वेविरुद्धको नाकाबन्दीलाई एक वर्ष लम्ब्याउने भएका छन् । राष्ट्रपति ट्रम्पले सूचना जारी गर्दै जिम्बाब्वेको नयाँ सरकारका नीति अमेरिकी विदेश नीतिका लागि असाधारण खतराका रुपमा रहेकाले नाकाबन्दी एक वर्ष नाकाबन्दी थप गर्नु परेको जनाएका हुन् ।

‘यी मानिसहरुको नीति तथा कामहरुले निरन्तर रुपमा संयुक्त राज्य अमेरिकाको विदेश नीतिमा असामान्य तथा असाधारण खतरा निम्त्याएको छ ।’ ट्रम्पको सूचनामा उल्लेख छ, ‘म कार्यकारी आदेश नम्बर १३२८८ अनुसार जिम्बाब्वेमाथिको नाकाबन्दीलाई एक वर्षका लागि निरन्तरता दिनेछु ।’

यसअघि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा सहित विभन्न अफ्रिकी मुलुकका नेताहरुले सन् २०१७ मा जिम्बाब्वेमा भएको सत्तापलटपछि लामो समयदेखि जिम्बाब्वेको शासनमा रहेका रोबर्ट मुगाबेलाई सत्ताच्युत गरी सरकार सम्हालेका एमर्सन म्नगाग्वा नेतृत्वको सरकारमाथिको नाकाबन्दी फुकुवा गरी जिम्बाब्वेलाई आर्थिक संकटबाट मुक्त हुने मौका दिनुपर्नेमा जोड दिँदै आएका थिए ।
राष्ट्रपति ट्रम्प प्रशासनका अधिकारीले जिम्बाब्वेमा प्रदर्शन गर्न पाउने तथा प्रेस स्वतन्त्रताको प्रत्याभूति नभएसम्म जिम्बाब्वेमाथिको नाकाबन्दी जारी रहने बताएका छन् ।

अमेरिकी अधिकारीका अनुसार राष्ट्रपति म्नगाग्वा तथा पूर्व राष्ट्रपति रोबर्ट मुगाबेसहित हाल अमेरिकाका नाकाबन्दीमा जिम्बाब्वे १ सय ४१ व्यक्ति तथा संस्थाहरु छन् ।

नयाँ राष्ट्रपति म्नगाग्वाले जिम्बाब्वेको सत्तारुढ जिम्बाब्वे अफ्रिकन नेशनल युनियन–पेट्रियटिक फ्रन्ट जानुपीएफ पार्टी, मुलुकका केही सैनिक अधिकारी तथा मुलुकका राष्ट्रिय संस्थान विरुद्ध मुगाबेको शासनकालमा लोकतान्त्रिक प्रक्रिया तथा मानवअधिकार हनन् भएको भन्दै लगाइएको नाकाबन्दी फुकुवा गर्न आह्वान गरेका थिए ।

जिम्बाब्वे पछिल्ला केही दशकयता आर्थिक संकटको मारमा पर्र्दै आएको छ । गत जनवरीमा जिम्बाब्वेमा इन्धनको मूल्यमा १ सय ५० प्रतिशत बृद्धि गरेपछि मुलुकभर प्रदर्शन भएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ९ : २८ बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की – पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

महाशिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरू)

काठमाडाैं – महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट

महाशिवरात्रि : पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाइयो

काठमाडौं – महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो रोक्न

म्याग्दीमा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति