मसुद अजहरका भाइ र छोरासहित ४४ पक्राउ « Khabarhub

मसुद अजहरका भाइ र छोरासहित ४४ पक्राउ


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानले आतंकवादी समूह जैश–ए–मोहम्मदका नेता मौलाना मसुद अजहरका नजिकका दुई नातेदारसहित दर्जनौँ संदिग्ध लडाकुलाई गिरफ्तार गरेको छ । पाकिस्तानी आन्तरिक मामिला मन्त्रालयका प्रवक्तले मंगलबार जनाए अनुसार मौलाना मसुद अजहरका छोरा हम्माद अजहर तथा भाई मुफ्ती अब्दुल रउफसहित ४४ जना संदिग्ध लडाकुलाई गिरफ्तार गरिएको हो ।
गत फेब्रुअरी १४ मा भारत प्रशासित कश्मीरको पुलावामामा ४४ जना भारतीय अर्धसैनिकको ज्यान जानेगरी भएको आत्मघाती आक्रमणको जिम्मा लिएको आतंकवादी समूह जैश–ए–मोहम्मदका लडाकुलाई गिरफ्तार गर्न पाकिस्तानसमक्ष दबाब रहँदै आएको थियो ।
पाकिस्तानले सो समूहका नेता मौलाना मसुद अजहरलाई भने गिरफ्तार गरेको छैन ।
पुलावामा आक्रमणपछि भारतले पाकिस्तानलाई बुझाएको पत्रमा आक्रमणमा मसुद अजहरका भाइ मुफ्ती अब्दुल रउफ तथा छोरा हम्माद अजहरको नाम उल्लेख रहेको बताइएको छ ।
पाकिस्तानका सबै प्रान्तका प्रतिनिधि सम्मिलित राष्ट्रिय सुरक्षा समितिको उच्चस्तरीय बैठकपछि पाकिस्तानी सुरक्षा निकायको निगरानीमा रहेका संदिग्ध लडाकुलाई गिरफ्तार गरिएको जनाइएको छ ।
यद्यपि पक्राउ गरिएका सबैको नाम भारतले पाकिस्तान समक्ष बुझाएको पत्रमा उल्लेख नभएको बताइएको छ ।
त्यसबाहेक पाकिस्तान सरकार आतंकवादी समूहको सम्पत्ति पनि रोक्का गर्न तयार रहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको । पाकिस्तानको १९९७ को प्रतिआतंकवाद अधिनियम अनुसार पाकिस्तानले आतंकवादी समूहको सम्पत्ति रोक्का गर्न समेत तयार रहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको हो ।
यदी कुनै समूहविरुद्ध पाकिस्तानले प्रमाण भेटेमा पाकिस्तानले ती समूहविरुद्ध अनुसन्धान गरी आवश्यक कानूनी कदम चालिने जनाइएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १० : ०० बजे

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ