घुस लिएको आरोपमा इन्सपेक्टरविरुद्ध विशेष अदालतमा मुद्दा « Khabarhub

घुस लिएको आरोपमा इन्सपेक्टरविरुद्ध विशेष अदालतमा मुद्दा


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा प्रहरी चौकी औरही महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रामनरेश साह तेलीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपाल भारत सीमा बजारबाट घरमा प्रयोग गर्ने विद्युतीय सामग्रीलगायतका सामान ल्याउन सहज गराइ दिने भन्ने बहानामा रु १० हजार घुस मागेको अभियोग लागेको छ । आयोगले घुस लिँदै गरेको अवस्थामा प्रहरी सहायक निरीक्षक तेलीलाई पक्राउ गरेको थियो । आयोगले बिगो असुल गरी कैद सजायको समेत माग गरेको छ ।

आयोगले स्थानीय फर्निचर उद्योग सञ्चालक दिनेश साहले घुस लिने कार्यमा मतियारको भूमिका खेलेको जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ९ : ४४ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको