दुईवटा स्वर्ण जितेकी निमाको पूरा नभएको सपना « Khabarhub

दुईवटा स्वर्ण जितेकी निमाको पूरा नभएको सपना



काठमाडौं – बिहीबार उसुकी निमा घर्ती मगर उसुको थाउलो नान्छुन अलराउण्डको फाइनल राउण्डको प्रदर्शन गरिरहेकी थिइन् ।

उनको खेल हेर्न बालकुमारीबाट उनका बुबा मनसुर घर्ती मगर, आमा पुना घर्ती मगरसहित निमाका दाजु भाइहरु लगनखेलस्थित आर्मी कभर्ड हलमा उपस्थित थिए ।

निमा आफ्नो प्रदर्शनका लागि म्याटमा उत्रिदै थिइन् । म्याटको अगाडि पट्टी रहेका उनका आमा बुबाको मनमा अनेकन कुरा खेलिरहेका थिए ।

अघिल्लो दिनको राम्रो प्रदर्शन देखेर खेल हेर्न आएका निमाका बुबाआमा बेलाबेला झस्किए । भन्छन्,‘कुनै कुनै बेला अलि डर लागिरहेको थियो । तर, हिजोको खेलले आज उसले स्वर्ण जित्छ भन्नेमा विश्वस्त थिएँ ।’

छोरीले स्वर्ण जितेर देशले राखेको लक्ष्यको सारथी बनेकोमा खुसी देखिएका निमाका बुबा मनसुरले हाँस्दै भने भने,‘मलाई विश्वास थियो । छोरीले सरकारले राखेको स्वर्ण जित्ने लक्ष्यमा साथ दिन्छे भन्नेकुुरा । मेरो खुसीको सीमा नै छैन’

निमाले लगातार दोस्रो स्वर्ण जित्दै आगामी संस्करणमा ह्याट्रिक गर्ने लक्ष्य राखेकी छन् । उनी अझै आफ्नो खेलमा निखार ल्याउने योजना छिन् ।

पछिल्लो समय वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुँदा आफूले अन्तर्राष्ट्रिय अनुभव बटुल्न पाएको निमा बताउँछिन् ।

१२ औं सागमा नेपालका लागि उसुकी निमा घर्ती मगर, पुरुष फुटबल टिम र जुडोकी फुपु ल्यामु खत्रीले मात्रै स्वर्ण जितेका थिए ।

निमा लगातार दोस्रो स्वर्ण जित्ने खेलाडी बनेकी छन् । कलिलो उमेरकी उनी आफ्नो स्वर्णले अझै मेहनत गर्न हौसाउने बताउँछिन् ।

‘स्वर्ण जित्दा एकदमै खुसी लागेको छ । एकदम मेहनत छ । सबै सयम यसैमा लगाएकी छु,’ दोहोरो स्वर्णधारी निमाले भनिन्,‘विपक्षी खेलाडीहरु पनि राम्रै थिए । तर, मलाई फाइनलमा भारतसँग खेल्ने मन थियो । उनीहरु आएनन् ।’

१३ औं साग अन्तर्गत उसुतर्फ थाउलुको नानछ्वन अलराउण्डमा नेपालकी नीमा घर्तिमगरले स्वर्ण जितेकी छिन् । उनले १८.९१ अंक प्राप्त गर्दै स्वर्ण पदक जितेकी हुन् । उनले बंगलादेशकी मोर्जीना अख्तरलाई पराजित गरेकी थिइन् ।

१२ औंको सागमा कम अनुभवमै स्वर्ण जितेकी निमा अहिले आफ्नो अनुभव पनि बढेको बताउँछिन् ।

‘३ बर्ष अगाडि सानै थिए । सबैकुरा बुझ्ने भइसकेकि थिइन् । अहिले बुझ्ने भएकी छु । पहिलोको भन्दा यसपालि धेरै राम्रो नम्बरले जितेकी छु । खेलमा सुधार भएको छ,’ निमाले भनिन्,‘धेरै राम्रो भइरहेको छ । देशलाई स्वर्ण जिताउन मैले पनि सहयोग गर्न सकेकोमा खुसी छु।’

छोरा छोरीको सफलतामा हरेक बुबाआमाको खुसी जोडिएको हुन्छ । उनीहरुको त्याग जोडिएको हुन्छ । निमाका बुबा आमाको त्याग र खुसी दुवै बनेकि निमाले स्वर्ण जित्दा बुबाआमाको मुहारमा देखिएको खुसी सम्झिइन् ।

‘घरेल मैदानमा खेल भएको हुँदा बुबाआमा पनि खेल हेर्न आउनु भएको थियो । उहाँहरुको अनुहारमा खुसी देख्दा छुट्टै आनन्द मिल्यो,’ निमाले भनिन् ।

सुरुमा खेल नै चिनेको थिइन्

निमाले खेल जिवनको सुरुआत जुडोबाट गरेकि थिइन् । तर, उनका बुबाले जुडो खेल बुझेका थिएनन् । निमाले खेलमा लाग्ने योजना बनाएपछि मसँग सल्लाह लिएकी थिइन् ।

मैले हुन्छ भने । तर, पछि उसले नजिकैको उसु क्लबमा भर्ना हुने योजना सुनाइन् । तर, पनि छोरीलाई खेलकुदमा लगाइदिए ।
उनले खेलकुदमा लाग्दा स्वस्थ भइन्छ भन्ने मात्रै बुझेका थिए । तर, निमाले देशका लागि यसरी लगातार दुई स्वर्ण जित्छीन् भन्ने उनले कहिलै सोचेका थिएनन् ।

त्यतिमात्रै होइन, सुरुआत उनले निमाले ‘फाइटिङ’ खेल खेल्छीन् भन्ने पनि थाहा पाएका थिएनन् । जब उनले छोरी फाइटिङ खेलमा सहभागी छ भन्ने थाहा पाए त्यसपछि उनले सधै निमालाई हिम्मत दिइ रहे ।

‘सुरुमा त मलाई यो थाहा थिएन् । जुडोबाट खेल सुरु गरिन् । फाइटिङ खेल भन्ने थाहा पाए । तर, पनि मैले उसलाई हरेक चुनौतिको सामना गर्न सुझाव दिए,’ गाडी चलाएर गुजारा गर्ने निमाका बुबा मनसुरले भने,‘जोखिम नभए के खेल !’

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  १२ : ५५ बजे

पोखराको खोलाघरमा बनेका अवैध संरचना हटाइँदै

कास्की– पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका

अय्यरको शतकमा पञ्जाबको सानदार जित

काठमाडौँ – श्रेयस अय्यरको सानदार अविजित शतकको मद्दतले पञ्जाब किङ्सले

वीरगञ्जबाट १० महिनामा करिब ८ खर्बको सामान भित्रियो

वीरगन्ज– वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्ष (आव)को १०

एसईईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा

काभ्रेको पाँचखालमा साप्ताहिक कृषि हाटबजार सञ्चालन

काभ्रेपलाञ्चोक– काभ्रेको पाँचखाल नगरपालिकाले साप्ताहिक कृषि हाटबजार सुरु गरेको छ