सागको इतिहासमै नेपालले जित्यो सबैभन्दा धेरै स्वर्ण « Khabarhub

सागको इतिहासमै नेपालले जित्यो सबैभन्दा धेरै स्वर्ण


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग)को इतिहासमा १३ औं संस्करणमा आइपुग्दा सबैभन्दा धेरै ३२ स्वर्ण पदक जितेको छ ।

नेपालले यसअघि १९९९ को ८ औं सागमा ३१ वटा स्वर्ण पदक जितेको थियो ।

नेपालले त्यसयता १० भन्दा बढी स्वर्ण पदक जित्न सकेको थिएन ।

सन् २००४ को सागमा ७ स्वर्ण जितेको नेपालले २००६ मा पनि ७, २०१० मा ८ र २०१६ मा ३ स्वर्ण जितेको थियो ।

१३ औं संस्करणसम्म आइपुग्दा तेस्रो पटक सागको आयोजक राष्ट्र बनेको नेपालले सागमा ऐतिहासिक सफलता हात पारेको हो ।

१३ औं सागको ५ औं दिनको खेल चलिरहँदा बिहीबार दिउँसोसम्म नेपालले ३२ ओटा स्वर्ण पदक आफ्नो नाममा दर्ज गरिसकेको छ ।

समग्रमा दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्ण पदकको संख्या १ सय ३ पुर्‍याएको छ ।

यसअघिको १२ औं संस्करणसम्म नेपालले जितेका स्वर्ण पदकहरु;

सन् १९८४ (४ स्वर्ण)
१. बैकुण्ठ मानन्धर, एथलेटिक्स
२. दलबहादुर रानामगर, बक्सिङ
३. पुष्कर शाही, बक्सिङ
४. पुरुष फुटबल टिम

सन् १९८५ (१ स्वर्ण)

१. बैकुण्ठ मानन्धर, एथलेटिक्स

सन् १९८७ (१ स्वर्ण)

१. बैकुण्ठ मानन्धर, एथलेटिक्स
२. स्वर्गीय दलबहादुर रानमगर, बक्सिङ

सन् १९८९ (१ स्वर्ण)

१. चित्रबहादुर गुरुङ, बक्सिङ

सन् १९९१ (१ स्वर्ण)

१. गीता क्षेत्री, सिजरिन शाह, पुजा थापा र निलम तुलाधर, टेबलटेनिस
२. अनिता श्रेष्ठ, सुटिङ

सन् १९९३ (१ स्वर्ण)

१. पुरुष फुटबल टिम

सन् १९९५(४ स्वर्ण)

१. टिका बोगटी, एथ्लेटिक्स
२. रमेश बस्नेत, जुडो
३. विरबहादुर राना, जुडो
४. जितबहदुर चौधरी, जुडो

सन् १९९९(३१ स्वर्ण )

१. प्रकाश थापागमर, बक्सिङ
२. रामचन्द्र थापामगर, बक्सिङ
३. रवि महर्जन, कराँते
४. दीपक श्रेष्ठ,कराँते
५. धोजमान मोक्तान, कराँते
६. सुरेन्द्रलाल श्रेष्ठ, कराँते
७. राजेश श्रेष्ठ, कराँते
८. कृष्ण गुरुङ, कराँते
९. प्रिति डंगोल, कराँते
१०. टिम काता, कराँते
११. गंगाराम महर्जन (सिंगल काता), कराँते
१२. निता राई, कराँते
१३. निमा पाठक, कराँते
१४. जुनु राई, कराँते
१५. विनिता चौधरी, कराँते
१६. टिम काता (महिला), कराँते
१७. रुना प्रधान, नयना शाक्या, रुविना प्रधान, स्तुति सिंह, पौडी
१८. संगिना बैद्य, तेक्वान्दो
१९. रेनुका रानामगर, तेक्वान्दो
२०. सविता राजभण्डारी, तेक्वान्दो
२१. प्रमिला थापा, तेक्वान्दो
२२. बन्दना श्रेष्ठ, तेक्वान्दो
२३. रितु जिमी राई, तेक्वान्दो
२४. किशोर श्रेष्ठ, तेक्वान्दो
२५. अशोककुमार लामा, तेक्वान्दो
२६. कोशिस खड्का, तेक्वान्दो
२७. दीपक विष्ट, तेक्वान्दो
२८. रवि उज्वज थपलिया, तेक्वान्दो
२९. कमल क्षेत्री, तेक्वान्दो
३०. राजकुमार राई, तेक्वान्दो
३१. सीता राई, तेक्वान्दो

सन् २००४ (७ स्वर्ण)

१. दीपक श्रेष्ठ, कराँते
२. संगिना बैद्य,तेक्वान्दो
३. रूपा सयाङदेन, तेक्वान्दो
४. दीपक विष्ट, तेक्वान्दो
५. निर्मल श्रेष्ठ, तेक्वान्दो
६. रेनुका रानामगर, तेक्वान्दो
७. निरञ्जन श्रेष्ठ, तेक्वान्दो

सन् २००६ (७ स्वर्ण)

१. कमलबहादुर अधिकारी, भारोत्तोलन
२. विना लामा खड्का, उसु
३. राजकुमार रसाइली, उसु
४. सुलोचना सिज्वाखा, कराँते
५. कुशल श्रेष्ठ, कराँते
६. मनिता शाही, तेक्वान्दो
७. दीपक विष्ठ, तेक्वान्दो

सन् २०१० (८ स्वर्ण)

१. दीपक विष्ट, तेक्वान्दो
२. आयशा शाक्य, तेक्वान्दो
३. विनिता महर्जन, उसु
४. आङबाबु लामा, उसु
५. सुनिल लामा, कराँते
६. विनोद शाक्य, कराँते
७. गंगा अधिकारी, कराँते
८. राजेन्द्र भण्डारी, एथलेटिक्स

सन् २०१६(३ स्वर्ण)

१. पुरुष फुटबल टिम
२. निमा घर्तिमगर, उसु
३. फुपु ल्हामु खत्री, जुडो

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ३ : ४३ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६