नेपाल महिला फुटबलको फाइनलमा, स्वर्णका लागि भारतसँग खेल्ने « Khabarhub

नेपाल महिला फुटबलको फाइनलमा, स्वर्णका लागि भारतसँग खेल्ने


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली महिला फुटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा पुगेको छ ।

बिहीबार माल्दिभ्सलाई ३–० ले हराएपछि नेपाल लगातार तेस्रो पटक साग महिला फुटबलको उपाधि नजिक पुगेको हो ।

नेपालका लागि सावित्राले ह्याट्रिक गरेकी थिइन् ।

पहिलो हाफमा २ गोल गरेकी सावित्राले इन्जुरी समयको पहिलो मिनेटमा पेनाल्टी गोल गर्दै ह्याट्रिक पुरा गरेकी हुन् । उनले १८ औं मिनेटमा पहिलो र २२ औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् । पहिलो गोलले उनलाई नेपालको सर्वाधिक गोलकर्ता बनाएको छ ।

भारतले यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको छ । तेस्रो पटक नै नेपाल र भारतबीच साग महिला फुटबलको फाइनल हुने भएको छ । यसअघि सन् २०१० र २०१६ मा यी दुई टोली नै फाइनलमा भेट भएको थियो ।

यसपटक पनि दुवै टोलीले राउन्ड रोविन लिगको एक खेल बाँकी रहँदै फाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । फाइनल अघि राउन्ड रोविनमा भारत र नेपालबीच शनिबार प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ४ : ४७ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक