प्रधानमन्त्री ओलीलाई बालुवाटारमा चिकित्सककै निगरानीमा राखिने, नियमित डायलासिस पनि गरिने « Khabarhub

प्रधानमन्त्री ओलीलाई बालुवाटारमा चिकित्सककै निगरानीमा राखिने, नियमित डायलासिस पनि गरिने


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एपेन्डिसाइटिसकाे उपचार पछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओलीलाई उनको सरकारी निवास बालुवाटारमा पनि चिकित्सकको निगरानीमै राखिने भएको छ ।

प्रधानमन्त्री ओलीको एपेन्डिक्सको शल्यक्रिया गर्दाको घाउ निको भए पनि संक्रमणको खतरा कायमै रहेकाले चिकित्सककै निगरानीमा राखिने भएको हो ।

प्रधानमन्त्री ओलीलाई चिकित्सकको टोली बालुवाटारमै पुगेर निरन्तर निगरानी गर्ने उपचारमा संलग्न चिकित्सक डाक्टर अरुण सायमीले बताए ।

‘उहाँलाई हामी नै बालुवाटार गएर हेर्छौं, केही दिनसम्म निगरानीमा राख्छौं,’ डा सायमीले भने, ‘मैले त डिस्चार्ज हुनुअघि पनि उहाँलाई भनेको छु, यहाँबाट फेरी सिधै रंगशाला पुग्नुहोला नि भनेर सचेत गराएको छु, उहाँलाई अझै केही समय रेस्टमै बस्नुपर्छ भनेका छौं ।’

प्रधानमन्त्री ओलीको एपेन्डिक्सको शल्यक्रिया गर्नु नै जोखिमपूर्ण भएको डा सायमीले बताए । प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको उपचार राम्रोसँग भएर नै आज (बिहीबार) डिस्चार्ज गरिएको डा सायमीको भनाइ छ ।

‘प्रधानमन्त्रीलाई पहिलो दिन ल्याउँदा त हामी सबै होल मेडिकल टिम नै चिन्तित थियौं, त्यस्तो अवस्थामा त्यस्तो ( एपेन्डिक्सको) सर्जरी गर्नु नै हाइ रिक्स थियो,’ डा सायमीले भने, ‘उहाँको आत्मबल, समयमै भएको उपचार र नेपाली जनताको शुभकामनाले उहाँ आज १० दिनमा नर्मल भएर डिस्चार्ज हुनुभयो, जुन अहिलेको क्राइसिस अन्त्य भयो ।’

डा सायमीले प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस हुनु सामान्य रोग नभएको बताए ।

‘एपेन्डिसाइटिस सिम्पल होइन, यो पेरिटोनाइटिस भनेको इन्फेक्सन पेटमा पुरा सरेको थियो, त्यस्तो अवस्थामा सर्जरी गर्नु पनि रिक्स थियो, नगर्दा झनै रिक्स हुन्थ्यो, त्यो क्राइसिसमा कुनै कम्प्लीकेसन नभइकन पूरा भयो,’ डाक्टर सायमीले भने, ‘नर्मल मान्छेलाई नै अप्ठ्यारो हुने अवस्थामा प्रधानमन्त्री त झन् मिर्गौला प्रत्यरोपण गरेर औषधि समेत खाइरहेको अवस्थामा अपरेशन गरीएको थियो, अब त्यो कम्लिकेसनबाट मुक्त हुनुभयो ।’

डा सायमीले मिर्गौला पुन प्रत्यारोपणबारे केही समयपछि डा दिव्या साहको टिमले नै निर्णय गर्ने बताए ।

प्रधानमन्त्री ओलीको मंसिर ९ गते पेटमा अचानक समस्या आएपछि उनलाई गत मंगलबार ( मंसिर १० गते) त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको थियो ।  मंसिर १० गते एपेन्डिक्सिको शल्यक्रिया पछि पनि प्रधानमन्त्री ओली आइसियूमै उपचारत थिए ।

प्रधानमन्त्री ओलीको मिर्गौलाले समेत काम नगरेकाले चिकित्सकले आइसियूमै समेत डायलाइसिस गराएका थिए । प्रधानमन्त्री ओलीको १० दिन आइसियुमै रहेर उपचार गर्दा २ लाख ५४ हजार ६ सय ८८ रुपैया खर्च भएको अस्पतालका निर्देशक डाक्टर उत्तम कृष्ण श्रेष्ठको भनाइ छ ।

प्रधानमन्त्री ओली आज (बिहीबार) अस्पतालबाट डिस्चार्ज भए पनि डायलाइसिस भने नियमित गरिने चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ७ : ०३ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी