मेडिकल कलेजले लिएको बढी शुल्कबारे छानबिन गर्न समिति गठन | Khabarhub Khabarhub

मेडिकल कलेजले लिएको बढी शुल्कबारे छानबिन गर्न समिति गठन


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा आयोगले  विद्यार्थीसँग मेडिकल कलेजले लिएको फिर्ता शुल्क हुनुपर्ने  विषयमा छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ ।

आयोगले आर्थिक वर्ष २०७२/७३ र २०७३/७४ ब्याजका मेडिकल विद्यार्थीहरुको शुल्क फिर्ता गर्ने सम्बन्धमा छानबिन गर्न कार्यदल गठन गरेको हो ।

सरकारले निर्धारण गरेको शुल्क कार्यान्वयनका लागि मंसिर १० गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको अध्क्षतामा बसेको सरकार र मेडिकल कलेजबीचको बैठकले ‘शैक्षिक शत्र २०७२/७३ र २०७३/७४ को हकमा विश्वविद्यालयहरुको समन्वयमा अध्ययन, छलफल र छानबिन गरी चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्णय लिन चिकित्सा शिक्षा आयोग समक्ष अनुरोध गर्ने’ निर्णय भएको थियो ।

सोही निर्णय कार्यन्वयनका लागि आयोगले अध्ययन, छलफल र छानबिनका लागि कार्यदल गठन गरेको जनाएको छ । आयोगले शुल्क फिर्ताको विषयमा मंसिर १७ गते विश्व विद्यालय र प्रतिष्ठानहरुका उपकुलपतिसँग विस्तृत छलफल समेत गरेको विज्ञप्ती माफर्त जानकारी दिएको छ ।

यसअघि मंसिर १० गते सरकार र मेडिकल कलेजबीच भएको सहमतिमा एमबीबीएस तथा बीडीएसका तेस्रो र चौथो वर्षका विद्यार्थीहरुको माग पुरा नभएको भन्दै विद्यार्थीहरुले आन्दोलनका कार्यक्रम जारी राखेका छन् ।

विद्यार्थीहरुले एमबीबीएस, बीडीएस लगायत मेडिकल शिक्षाको हिजोदेखि शुरुभएको स्नातक प्रथम वर्षको वोर्ड परीक्षा समेत बहिष्कार गरेर आन्दोलन गरीरहेका छन् ।

विद्यार्थीहरुले आन्दोलनका कार्यक्रम नरोकेपछि आयोगले आज ( बिहीबार) एक विज्ञप्ती जारी गर्दै शुल्क फिर्ता हुनुपर्ने विषयमा पनि अयोगले काम गरिरहेको जानकारी दिएको छ ।

आयोगले आर्थिक वर्ष २०७६/७७ का लागि पनि बीडीएस र एमबीबीएसको नयाँ शुल्क निर्धारण गरिसकेको भन्दै नयाँ शैक्षिक शत्रमा भर्ना हुने विद्यार्थीसँग सरकारले तोकेको शुल्क मात्र लिन समेत आग्रह गरेको छ ।

आयोगले नयाँ शैक्षिकसत्र २०७६/७७ का लागि चिकित्सा शिक्षाको स्नातक तहअन्तर्गत एमबिबीएस र बिडीएस कार्यक्रमका लागि शुल्क निर्धारण गरिसकेको छ ।

आयोगले उपत्यकाभित्र एमबिबीएस अध्ययन गर्न ४० लाख २३ हजार २५० र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ शुल्क निर्धारण गरेको छ । त्यसैगरी, बिडीएसका लागि उपत्यकाभित्र र बाहिर २० लाख १९ हजार ५ सय ८० तोकिएको छ ।

आयोगले निर्धारण गरेको सो शुल्कबाट शिक्षण संस्थाले चिकित्सा शिक्षाको अध्ययन अवधिभरमा लिने भर्ना, शिक्षण, ल्याव, पुस्तकालय, सामुदायिक तालीम वा परीक्षा शुल्क जानाउने भएकाले अध्ययन अवधिभर अन्य नाममा शुल्क लिन नपाइने बताएको छ ।

आयोगले शिक्षण संस्थालाई सरकारले तोकेको भन्दा बढी शुल्क नलिन र विद्यार्थी तथा अभिभावकलाई समेत बढी शुल्क नतिर्न सचेत गराएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ७ : १३ बजे

पठन संस्कृतिले बौद्धिक चेतना, ज्ञान र सूचना प्राप्त हुन्छ : सभामुख घिमिरे

काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पठन संस्कृतिले व्यक्तिको चेतना,

सुदूरपश्चिमका बिरामीलाई निःशुल्क रगतको सुविधा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा उपचार गर्ने

लिङदेन नेतृत्व असफल भएको राप्रपा शीर्ष नेताको निष्कर्ष, पूर्वराजा पनि असन्तुष्ट

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व

२०२४ मा टाटा पन्च भारतमा सर्वाधिक बिक्री हुने कार बन्यो

काठमाडौं – २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार

क्याम्पस प्रमुखको दौडमा रहेका प्राध्यापकलाई ‘बौद्धिक चोरी’ आरोप

काठमाडौं- सानोठिमी क्याम्पसक प्रमुखको दौडमा रहेका एकजना प्राध्यापकलाई बौद्धिक चोरीको