नेपाल महिला ह्याण्डबलको सेमिफाइनलमा « Khabarhub

नेपाल महिला ह्याण्डबलको सेमिफाइनलमा


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– तेह्रौँँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा जारी महिला ह्याण्डबल प्रतियोगितामा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह बी मा रहेको नेपाल लगातार दुई खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो । समूह ए मा भारत, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको आजको दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई २६–२४ ले गोल गर्दै जीत हात पार्‍यो ।

नेपालका लागि उमा राईले सर्वाधिक आठ गोलको योगदान दिए । तीमध्ये उनले सात गोल पेनाल्टीबाट गरेका हुन् । नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई २९–१९ ले जीत हात पारेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ८ : ०२ बजे

उदयपुरमा रुखको हाँगाले लागेर महिलाको मृत्यु

उदयपुर – रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौं – नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

सामाजिक अभियन्ता आशिका तामाङले घोषणा गरिन् स्वतन्त्र उम्मेदवारी

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङले प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट 

काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू