नेपाल महिला ह्याण्डबलको सेमिफाइनलमा « Khabarhub

नेपाल महिला ह्याण्डबलको सेमिफाइनलमा


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– तेह्रौँँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा जारी महिला ह्याण्डबल प्रतियोगितामा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह बी मा रहेको नेपाल लगातार दुई खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो । समूह ए मा भारत, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको आजको दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई २६–२४ ले गोल गर्दै जीत हात पार्‍यो ।

नेपालका लागि उमा राईले सर्वाधिक आठ गोलको योगदान दिए । तीमध्ये उनले सात गोल पेनाल्टीबाट गरेका हुन् । नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई २९–१९ ले जीत हात पारेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ८ : ०२ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना