३ जना स्वास्थ्य स्वयंसेवकलाई १ लाख नगदसहित सम्मान गरिने « Khabarhub

३ जना स्वास्थ्य स्वयंसेवकलाई १ लाख नगदसहित सम्मान गरिने


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा उत्कृष्ट ३ स्वास्थ्य स्वयंसेवकलाई जनही १ लाख रुपैयाँसहित सम्मानित गर्ने भएको छ ।

विश्व स्वयंसेवक दिवस तथा १६ औं महिला स्वयंसेविका दिवस २०७६ को अवसरमा ललितपुर महानगपालिकाले आयोजना गरेको स्वास्थ्य स्वयंसेवी सम्मान तथा प्रोत्साहन कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले यस्तो घोषणा गरेका हुन् ।

महानगरद्वारा आयोजित कार्यक्रममा मन्तव्य राख्दै नगरप्रमुख महर्जनले भने, ‘ललितपुर महानगरपालिकाको सामाजिक विकास समितिको सिफारिसमा आर्थिक वर्ष २०७६/७७ मा उत्कृष्ट हुने दुई जना महिला स्वास्थ्य स्वयंसेविका र एक जना पुरुष स्वास्थ्य स्वयंसेवकलाई एक–एक लाख पुरस्कार सहित सम्मान गर्नेछौं ।’

नगरप्रमुख महर्जनले महिला स्वास्थ स्वयंसेविका र स्वास्थ्य स्वयमसेवकहरुले उल्लेखनीय काम गरेका कारण स्वदेश तथा विदेशमा उच्च प्रशंशा भइरहेको वताए ।

उपप्रमुख गीता सत्यालले स्वास्थ्य स्वयम्सेवकहरुले अमुल्य कामह गरेको वताइन् । ललितपुर महानगरपालिकाले स्वास्थ्यको नीति बनाउँदा महिला स्वयंसेविकाहरुको मागहरुलाई सम्बोधन गर्ने गरी समावेश गरेर जाने पनि उपप्रमुख सत्यालको भनाइ थियो ।

उपप्रमुख सत्यालले महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदानका कारण मातृ मृत्युदर, बाल मृत्युदर घट्न गएको वताइन् ।

ललितपुर महानगरका स्वास्थ सल्लाहकार डा मदनकुमार पियाले विश्वमा ११ करोड स्वयंसेवक रहेको र त्यसमा ६० प्रतिशत महिला स्वयंसेविका रहेका वताए । स्वयंसेविकाहरुले महामारी र विपत्तिको वेलामा मद्दत गर्ने हुनाले त्यसबाट समाज लाभान्वित भएको बताए ।

ललितपुर महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीले स्वास्थ्य स्वयम्सेवीहरुले आमाले जस्तै निस्वार्थ सेवा गर्ने भएकोले उनीहरुले समाजमा सम्मान पाएको बताए ।

प्रदेश नं.३ ललितपुरका स्वास्थ कार्यालय प्रमुख डा. खगेश्वर गेलालले पूरै जीवन समुदायका लागि समर्पित गर्ने स्वयंसेविकाहरुलाई प्रोत्साहित गरेर उनीहरुको जीवन र स्वास्थ्यको सुरक्षाको प्रत्याभूति दिएर समुदायको स्वास्थ्य स्तरलाई अझ राम्रो र प्रभावकारी बनाउन सकिने वताए । स्वास्थ क्षेत्रमा प्रगति हासिल गर्न स्वयमसेवीहरुको महत्वपूर्ण योगदान रहेको बताए ।

ललितपुर महानगरमा ५ सय ६८ जना स्वास्थ स्वयंसेवकहरु क्रियाशील छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ११ : ४८ बजे

मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

पाँचथर– हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई

अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८२ को आमनिर्वाचनको परिणामले

अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ?

काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको