कालापानी प्रकरणमा सत्तारुढ नेकपाले नयाँ नक्सा जारी गर्न लगाउने « Khabarhub

कालापानी प्रकरणमा सत्तारुढ नेकपाले नयाँ नक्सा जारी गर्न लगाउने


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले गत कात्तिक २ गते जारी गरेको आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि लिम्पियाधुरा, कालापानी र नालापानीलाई समेत समेटेको विषयले चर्को रुप लिइरहँदा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नयाँ नक्सार तयारी गरी वितरण गर्न सरकारलाई आग्रह गरेको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय समाचार समिति (रासस)ले लेखेको समाचारअनुसार नेकपाले पार्टीगत निर्णय नै गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीलाई नेपालको नक्सा तयार गरी वितरण गर्न भनेको छ ।

राससको समाचारमा नेकपा सचिवालय सदस्य बामदेव गौतमको भनाइ उल्लेख गर्दै लेखिएको छ, ‘हामी अरु देशको एक इञ्च भूमि पनि लिँदैनौ र हाम्रो भूमि पनि छाड्दैनौं । त्यसका लागि सरकारको सम्बन्धित मन्त्रालयले आवश्यक पहल गरेर नक्सा सार्वजनिक गर्नेछ ।’

रासससँगको ‘कुराकानी’मा नेकपा नेता गौतमले सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्रीको विशेष दूतको रुपमा वरिष्ठ नेता माधवकुमार नेपाल भारत जाने पनि तय भइसकेको जानकारी दिएका छन् ।

नेपाल र भारतबीच लामो समयदेखि करिब १ सय ठाउँमा सीमासम्बन्धी विवाद चल्दै आएको छ । पछिल्लो समय नोपलको पश्चिमोत्तर भू–भाग लिम्पियाधुरा, कालापानी र नालापानीलाई भारतले आफ्नो भू–भागका रुपमा समावेश गर्दै नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ९ : ०५ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर