स्वर्णधारी गौरिकाको साग अनुभव– स्वीमिङ पुल बेलायतको जस्तै, तर पानी चिसो ! « Khabarhub

स्वर्णधारी गौरिकाको साग अनुभव– स्वीमिङ पुल बेलायतको जस्तै, तर पानी चिसो !



काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग)को इतिहासमा नेपालले पहिलो पटक पौडीको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जितेको छ ।

नेपालका लागि ऐतिहासिक पदक दिलाउने खेलाडी बनिन्, कम उमरमै ‘जलपरी’को पहिचान बनाउन सफल गौरिका सिंह ।

गौरिकाले सागमा ऐतिहासिक स्वर्ण त दिलाइन् नै छोटो समयमा २ सय मिटरको फ्रि–स्टाइल पार गर्ने खेलाडीको कीर्तिमान पनि बनाइन् ।

उनले २ मिनेट ५ दशमलव ०६ सेकेन्डमा निर्धारीत दुरी पार गर्दै स्वर्ण जितिन् । यसअघि फ्रि स्टाइलमा नेपालबाट २ मिनेट ९ दशमलव १९ सेकेन्डको रेकर्ड थियो ।

व्यक्तिगत स्पर्धामा ऐतिहासिक स्वर्ण जितेकी गौरिकाले घरेलु मैदानमा आफ्ना समर्थक सामू पदक जित्दा ओलम्पिक खेलेको महसुस गरेको बताइन् ।

उनले भनिन्, ‘स्वर्ण जित्दा मेरो त सातो उड्यो । सबै जनाले हुटिङ गर्दाको त्यो खुसीलाई वर्णन गर्न पनि सक्दिन । मलाई ओलम्पिक खेलेको जस्तो लाग्यो ।’

पहिलो दिन पौडीका लागि १ स्वर्ण र १ कास्य पदक जितेकी गौरिका खेलमा सधैं अप्ठ्यारो हुने गरेको बताउँछिन् ।
साथै, गौरिकाले आफूमाथि देश बाहिर रहेको भन्दै विभिन्न आरोप लाग्ने गरेको भन्दै आज जितेको स्वर्ण देशका नाममा समर्पित गर्ने बताइन् ।

‘सबैजना मलाई बाहिरि बस्छे । नेपाली होइन भन्छन् । तर म नेपाली हो । यो पदक म नेपाललाई समर्पित गर्न चाहन्छु । आफनो देशका लागि पदक जित्दा निकै खुसी छु ।’

साग खेलकुदमा भारतको वर्चश्व शुरुवातदेखि नै रहँदै आएको छ । त्यसका बीच भारतीय पौडवाज शिवांगी शर्मालाई उछिन्दै गौरिकाले नेपालका लागि स्वर्ण जितिन् ।

गौरिका सम्मिलित महिला टोलीले ४ सय मिटर रिलेमा कास्य जितेको छ । गौरिकाले अब शुक्रबार ६ विधामा प्रतिस्पर्धा गर्ने छिन् । लन्डन बस्दै आएकी गौरिका साग तयारीका लागि केही साता अघि नेपाल आएकी हुन् ।
ओलम्पिकसम्म पुगेरी पौडीमा प्रतिस्पर्धा गरेकी गौरिकाले नेपालको स्वीमिङ पुल पनि अन्तर्राष्ट्रिस्तरको भएको बताइन् ।

सागका लागि नेपालले बनाएको स्वीमिङ पुलमा पौडिँदा ओलम्पिकको जस्तै अनुभव बटुलेको उनले बताइन् ।

सागका लागि तयार पारिएको स्वीमिङ पुलको थप प्रसंसा गर्दै गौरीकाले लन्डनमा हुने जस्तै स्वीमिङ पुल नेपालमा भएको प्रतिक्रिया दिइन् ।

तर, हिटिङ सिस्टम (पानी गरम बनाउने उपकरण) जडित स्वीमिङ पुलको पानी आफूलाई चिसो लागेको उनको भनाइ थियो ।

‘यो स्वीमिङ पुल बेलायतको जस्तै छ । तर, पानी भने चिसो छ,’ उनले हाँस्दै भनिन् ।

सागका लागि बनाइएको स्वीमिङ पुल बिहीबार मात्रै खोलिएको थियो ।

ब्राजिलमा सम्पन्न रियो ओलम्पिकमा ओलम्पिककै कान्छी खेलाडीका रुपमा चर्चामा आएकी गौरिकाले यसअघि २०१६ मा भारतमा सम्पन्न १२ औं सागमा रजत पदक जितेकी थिइन् ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ९ : ३८ बजे

पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या

देवदह– तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन

अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार

जेनेभा- अमेरिका र इरानबीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित

भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

भक्तपुर– भक्तपुर अस्पतालको १२३औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर अस्पतालले आज जिल्लामा रहेका

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल

गलकोट (बागलुङ)- बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा