स्वर्णधारी गौरिकाको साग अनुभव– स्वीमिङ पुल बेलायतको जस्तै, तर पानी चिसो ! | Khabarhub Khabarhub

स्वर्णधारी गौरिकाको साग अनुभव– स्वीमिङ पुल बेलायतको जस्तै, तर पानी चिसो !



काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग)को इतिहासमा नेपालले पहिलो पटक पौडीको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जितेको छ ।

नेपालका लागि ऐतिहासिक पदक दिलाउने खेलाडी बनिन्, कम उमरमै ‘जलपरी’को पहिचान बनाउन सफल गौरिका सिंह ।

गौरिकाले सागमा ऐतिहासिक स्वर्ण त दिलाइन् नै छोटो समयमा २ सय मिटरको फ्रि–स्टाइल पार गर्ने खेलाडीको कीर्तिमान पनि बनाइन् ।

उनले २ मिनेट ५ दशमलव ०६ सेकेन्डमा निर्धारीत दुरी पार गर्दै स्वर्ण जितिन् । यसअघि फ्रि स्टाइलमा नेपालबाट २ मिनेट ९ दशमलव १९ सेकेन्डको रेकर्ड थियो ।

व्यक्तिगत स्पर्धामा ऐतिहासिक स्वर्ण जितेकी गौरिकाले घरेलु मैदानमा आफ्ना समर्थक सामू पदक जित्दा ओलम्पिक खेलेको महसुस गरेको बताइन् ।

उनले भनिन्, ‘स्वर्ण जित्दा मेरो त सातो उड्यो । सबै जनाले हुटिङ गर्दाको त्यो खुसीलाई वर्णन गर्न पनि सक्दिन । मलाई ओलम्पिक खेलेको जस्तो लाग्यो ।’

पहिलो दिन पौडीका लागि १ स्वर्ण र १ कास्य पदक जितेकी गौरिका खेलमा सधैं अप्ठ्यारो हुने गरेको बताउँछिन् ।
साथै, गौरिकाले आफूमाथि देश बाहिर रहेको भन्दै विभिन्न आरोप लाग्ने गरेको भन्दै आज जितेको स्वर्ण देशका नाममा समर्पित गर्ने बताइन् ।

‘सबैजना मलाई बाहिरि बस्छे । नेपाली होइन भन्छन् । तर म नेपाली हो । यो पदक म नेपाललाई समर्पित गर्न चाहन्छु । आफनो देशका लागि पदक जित्दा निकै खुसी छु ।’

साग खेलकुदमा भारतको वर्चश्व शुरुवातदेखि नै रहँदै आएको छ । त्यसका बीच भारतीय पौडवाज शिवांगी शर्मालाई उछिन्दै गौरिकाले नेपालका लागि स्वर्ण जितिन् ।

गौरिका सम्मिलित महिला टोलीले ४ सय मिटर रिलेमा कास्य जितेको छ । गौरिकाले अब शुक्रबार ६ विधामा प्रतिस्पर्धा गर्ने छिन् । लन्डन बस्दै आएकी गौरिका साग तयारीका लागि केही साता अघि नेपाल आएकी हुन् ।
ओलम्पिकसम्म पुगेरी पौडीमा प्रतिस्पर्धा गरेकी गौरिकाले नेपालको स्वीमिङ पुल पनि अन्तर्राष्ट्रिस्तरको भएको बताइन् ।

सागका लागि नेपालले बनाएको स्वीमिङ पुलमा पौडिँदा ओलम्पिकको जस्तै अनुभव बटुलेको उनले बताइन् ।

सागका लागि तयार पारिएको स्वीमिङ पुलको थप प्रसंसा गर्दै गौरीकाले लन्डनमा हुने जस्तै स्वीमिङ पुल नेपालमा भएको प्रतिक्रिया दिइन् ।

तर, हिटिङ सिस्टम (पानी गरम बनाउने उपकरण) जडित स्वीमिङ पुलको पानी आफूलाई चिसो लागेको उनको भनाइ थियो ।

‘यो स्वीमिङ पुल बेलायतको जस्तै छ । तर, पानी भने चिसो छ,’ उनले हाँस्दै भनिन् ।

सागका लागि बनाइएको स्वीमिङ पुल बिहीबार मात्रै खोलिएको थियो ।

ब्राजिलमा सम्पन्न रियो ओलम्पिकमा ओलम्पिककै कान्छी खेलाडीका रुपमा चर्चामा आएकी गौरिकाले यसअघि २०१६ मा भारतमा सम्पन्न १२ औं सागमा रजत पदक जितेकी थिइन् ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ९ : ३८ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी