हैदरावादविरुद्ध सन्दीपको किफायती बलिङ, दिल्ली पराजित « Khabarhub

हैदरावादविरुद्ध सन्दीपको किफायती बलिङ, दिल्ली पराजित


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापीटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा पाँचौ खेलमा पराजित भएको छ । घरेलु मैदानमा पाहुना टोली सनराइजर्स हैदरावादसँग दिल्ली ५ विकेटले पराजित भयो । हैदरावादविरुद्ध कमजोर ब्याटिङ गरेको दिल्लीका बलरहरुले रन नियन्त्रण गर्न नसक्दा लगातार दोस्रो तथा लिगमा तेस्रो हार व्यहोरेको छ ।

तर, दिल्लीलाई पराजित गरेको सनराइजर्स हैदरावादले लिगमा तेस्रो जीत हात पारेको हो । घरेलु मैदानमा दिल्लीले दिएको १३० रनको लक्ष्य हैदरावादले १८ ओभर ३ बलमा ५ विकेट गुमाएर पुरा गर्‍यो ।

हैदरावादको जितमा जोनी बेर्सस्टोले आक्रामक ब्याटिङ गर्दै ४८ रन बनाए । उनले २८ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, मोहमद नाबीले अविजित १७ तथा विजय शंकरले १६ रन बनाए । डेभिड वार्नर, दिपक होडा र मनिस पाण्डेले समान १०—१० रन बनाएका थिए ।
दिल्लीका लागि सन्दीप लामिछाने, कागीसो राबडा, अक्षर पटेल, राहुल टेवाटिया र इशान्त शर्माले समान १—१ विकेट लिए । हैदरावादविरुद्ध नेपाली स्पिनर सन्दीपले किफायती बलिङ गरे। उनले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चिएर १ विकेट लिए । हैदरावादसंगको खेलमा एक विकेट लिएका सन्दीपको आईपीएलमा विकेट संख्या ४ पुगेको छ ।

यसअघि, टस हारेर ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभरमा ८ विकेट गुमाएर १२९ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस एयरले सर्वाधिक ४३ रन बनाए ।

यस्तै, दिल्लीका लागि अक्षर पटेलले अविजित २३ रन जोड्दा क्रिस मोरिसले १७ रन जोडे । शिखर धवन १२ रनमा आउट हुँदा पृथ्वी श्वाले ११ रनमात्रै जोड्न सके । हैदरावादका भुवनेश्वर कुमार, मोहमद नाबी सिद्धार्थ कउलले २—२ विकेट लिदैं दिल्लीको ब्याटिङ अर्डर समाप्त पारेका थिए । जितसंगै हैदरावादले ४ खेलमा ३ जितसँगै ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

तीन हार व्यहोरेको दिल्लीको २ जित निकाल्दै ४ अंक जोडेको दिल्ली पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ७ : ०० बजे

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा

महाकालीको भत्किएको झोलुङ्गे पुल पुनर्निर्माण गर्न लेखकको सरकारसँग आग्रह

कञ्चनपुर– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको

नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत १३औँ कृति अवार्ड्सको उद्घाटन

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ