हैदरावादविरुद्ध सन्दीपको किफायती बलिङ, दिल्ली पराजित « Khabarhub

हैदरावादविरुद्ध सन्दीपको किफायती बलिङ, दिल्ली पराजित


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापीटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा पाँचौ खेलमा पराजित भएको छ । घरेलु मैदानमा पाहुना टोली सनराइजर्स हैदरावादसँग दिल्ली ५ विकेटले पराजित भयो । हैदरावादविरुद्ध कमजोर ब्याटिङ गरेको दिल्लीका बलरहरुले रन नियन्त्रण गर्न नसक्दा लगातार दोस्रो तथा लिगमा तेस्रो हार व्यहोरेको छ ।

तर, दिल्लीलाई पराजित गरेको सनराइजर्स हैदरावादले लिगमा तेस्रो जीत हात पारेको हो । घरेलु मैदानमा दिल्लीले दिएको १३० रनको लक्ष्य हैदरावादले १८ ओभर ३ बलमा ५ विकेट गुमाएर पुरा गर्‍यो ।

हैदरावादको जितमा जोनी बेर्सस्टोले आक्रामक ब्याटिङ गर्दै ४८ रन बनाए । उनले २८ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, मोहमद नाबीले अविजित १७ तथा विजय शंकरले १६ रन बनाए । डेभिड वार्नर, दिपक होडा र मनिस पाण्डेले समान १०—१० रन बनाएका थिए ।
दिल्लीका लागि सन्दीप लामिछाने, कागीसो राबडा, अक्षर पटेल, राहुल टेवाटिया र इशान्त शर्माले समान १—१ विकेट लिए । हैदरावादविरुद्ध नेपाली स्पिनर सन्दीपले किफायती बलिङ गरे। उनले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चिएर १ विकेट लिए । हैदरावादसंगको खेलमा एक विकेट लिएका सन्दीपको आईपीएलमा विकेट संख्या ४ पुगेको छ ।

यसअघि, टस हारेर ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभरमा ८ विकेट गुमाएर १२९ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस एयरले सर्वाधिक ४३ रन बनाए ।

यस्तै, दिल्लीका लागि अक्षर पटेलले अविजित २३ रन जोड्दा क्रिस मोरिसले १७ रन जोडे । शिखर धवन १२ रनमा आउट हुँदा पृथ्वी श्वाले ११ रनमात्रै जोड्न सके । हैदरावादका भुवनेश्वर कुमार, मोहमद नाबी सिद्धार्थ कउलले २—२ विकेट लिदैं दिल्लीको ब्याटिङ अर्डर समाप्त पारेका थिए । जितसंगै हैदरावादले ४ खेलमा ३ जितसँगै ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

तीन हार व्यहोरेको दिल्लीको २ जित निकाल्दै ४ अंक जोडेको दिल्ली पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ७ : ०० बजे

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा

बालेनको चुनावी दौडाहा : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

तेह्रथुम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले तेह्रथुमस्थित

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक