नियमित स्वास्थ्य परीक्षण गर्न अस्पताल पुगेका वन अधिकृतको आकस्मिक निधन « Khabarhub

नियमित स्वास्थ्य परीक्षण गर्न अस्पताल पुगेका वन अधिकृतको आकस्मिक निधन


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नियमित स्वास्थ्य परीक्षण गराउन ललितपुरको मेडिसिटी अस्पताल पुगेका डिभिजनल वन कार्यालय ललितपुरका वन अधिकृत अचलकुमार ढुंगानाको आकस्मिक निधन भएको छ ।

सामान्य असहजतापछि चेकजाँच गर्न अस्पताल पुगेका उनको अस्पतालभित्रै आकस्मिक निधन भएको हो । उनलाई वन कार्यालयकै सवारी चालक राजेश पुरीले अस्पताल पुर्‍याएका थिए । ढुंगानाले नियमित परीक्षणका लागि डाक्टरको समय भने आज (शुक्रबार)लाई लिएका थिए ।

तर शारीरिक असहजता बढेको भन्दै उनी बिहीबार नै अस्पताल पुगेका थिए । अस्पताल पुगेका उनको त्यही निधन भएको हो ।

ढुंगानालाई सामान्य रुघाखोकी लागेको भए पनि अहिलेसम्म कुनै रोग देखा नपरेको परिवार स्रोतले जानकारी दिएको छ। नेपाल रेन्जर संघका पूर्व अध्यक्ष समेत रहेका ढुंगाना विगत ६ महिनादेखि ललितपुरको वन कार्यालयमा कार्यरत थिए।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ७ : ४२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया