स्थगित एसईई परीक्षा आजदेखि शुरु « Khabarhub

स्थगित एसईई परीक्षा आजदेखि शुरु


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रश्नपत्र आउटपछि स्थगित भएको माध्यमिक शिक्षा परीक्षा आज (शुक्रबार)देखि शुरु भएको छ । लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा सञ्चालित परीक्षा स्थगित गरिएको थियो । नयाँ तालिका अनुसार आज (शुक्रबार) विज्ञान विषयको परीक्षा सञ्चालन भएको छ ।

त्यस्तै चैत २३ गते सामाजिक, २४ गते जनसङ्ख्या तथा वातावरण, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितिय, २७, २८ र २९ गते प्राविधिक तर्फका विषयहरुको परीक्षा सञ्चालन हुनेछ ।

प्रदेश २ का ८ वटै जिल्लामा स्थगित भएको परीक्षा पुन: सञ्चालन गरिएको हो । प्रदेश २ मा जम्मा २ सय ६३ परीक्षा केन्द्र छन् । परीक्षा दिने विद्यार्थीको संख्या ७२ हजार ४९ छ ।

परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन परीक्षा निरीक्षक, सुरक्षाकर्मी, कर्मचारी र सहयोगीसहित सबैलाई मोबाइल निषेध गरिएको छ ।

बिहीबार बसेको प्रदेश २ माध्यमिक शिक्षा परीक्षा सञ्चालन समन्वय समितिको बैठकले परीक्षा केन्द्रमा खट्ने केन्द्राध्यक्ष बाहेक सबैलाई मोबाइल प्रयोग निषेधको साथै सम्पूर्ण विद्यार्थीलाई परीक्षाकेन्द्रमा प्रवेश गर्ने बेला अनिवार्य खानतलासी गर्न निर्देशन दिएको छ ।

यसअघि विज्ञान र समाजिक विषयको परीक्षा पूर्व नै पश्नपत्र आउट भएपछि राष्ट्रिय परीक्षाबोर्डले दुवै विषयको परीक्षाको साथै अन्य बाँकी विषयको परीक्षासमेत स्थगित गरेको थियो ।

प्रश्नपत्र आउट गर्न सुरक्षाकर्मी नै लागेको खुलासा भएको छ । प्रश्नपत्र आउट गरेको आरोपमा पक्राउ परेका प्रहरीलगायत संलग्नलाई बिहीबार सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ९ : ०४ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना