इङ्ग्लिस प्रिमियर लिग : क्लबमा खेलाडी भित्र्याउने एजेन्ट रकम बढ्यो | Khabarhub Khabarhub

इङ्ग्लिस प्रिमियर लिग : क्लबमा खेलाडी भित्र्याउने एजेन्ट रकम बढ्यो


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–इङिग्लस प्रिमियर लिग फुटबल क्लबहरुले खेलाडीलाई टिममा भित्र्याउँदा ‘एजेण्ट’ले पाउने रकममा वृद्धि भएको छ । ट्रान्सफर मार्केटले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कमा प्रिमियर लिगमा खेलाडीको व्यवस्थापन गरेवापत एजेण्टले पाउने रकम पछिल्लो १२ महिनामा अत्यधिक वृद्धि भएको हो ।

सार्वजनिक भएको तथ्याङ्क अनुसार प्रिमियर लिग क्लबहरुले एजेण्टका लागि सन् २०१८—१९ को सिजनमा २६० मिलियन पाउण्ड खर्च गरेको भेटिएको छ । जुन यसअघिका वर्षहरुमा भन्दा ४९ मिलियन पाउण्ड धेरै हो ।

सन् २०१८ फ्रेब्रुअरीदेखि ३१ जनवरी २०१९ सम्म प्रिमियर लिग क्लब लिभरपुलले एजेन्टका लागि धेरै खर्च गरेको छ । जसमा लिभरपुलले ४३ मिलियन पाउण्ड एजेण्टका लागि खर्च गरेको हो ।

यस्तै चेल्सीले २६ मिलियन पाउण्ड खर्च गर्दा म्यानचेस्टर सिटीले २४ मिलियन पाउण्ड खर्च गरेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडले २० मिलियन पाउण्ड खर्चदा आर्सनल र टोटेनह्यामले समान ११—११ मिलियन पाउण्ड खर्च गरेको देखिएको छ ।

यस्तै, च्याम्पियनसिप क्लबहरुले समग्रमा ५० मिलियनको हाराहारीमा एजेन्टका लागि खर्च गरेका छन् भने जुन खर्च यसअघिका वर्षभन्दा ८ मिलियन बढी हो ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  १० : ०० बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन