ओपीडी सेवा बन्द गरेर सरकारी चिकित्सक आन्दोलनमा, बिरामीको बिचल्ली | Khabarhub Khabarhub

ओपीडी सेवा बन्द गरेर सरकारी चिकित्सक आन्दोलनमा, बिरामीको बिचल्ली


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्मचारी समायोजनमा असन्तुष्ट जनाउँदै सरकारी चिकित्सकले शुक्रबारदेखि देशभरका अस्पतालहरुमा बहिरंग (ओपीडी) सेवा बन्द गराएका छन् ।

सरकारले संघीय व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरिएका स्वास्थ्य सेवाका कर्मचारीको सूची सार्वजनिक गरेपछि सरकारी चिकित्सक संघ (गोदान)ले सरकारी अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गराएको हो ।

सरकारी अस्पतालमा यतिबेला चिकित्सकहरु बहिरंग सेवा बन्द गरेर आन्दोलनको व्यानर बोकेर बसेका छन् । चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि उपचारका लागि आएका बिरामीहरु बिचल्लीमा परेका छन् ।

सरकारले आफूहरुसँग प्रतिवद्धता गरेर पनि माग पूरा नगरेकाले अनिश्चितकालीन अस्पताल बन्द गरेको गोदानका अध्यक्ष डा दिपेन्द्र पाण्डेले खबरहबलाई बताए ।

‘हामीसँग गरेका प्रतिवद्धता पूरा नगर्ने अनि आन्दोलनको कार्यक्रम घोषणा भएको देखेर हड्ताल गर्न पाउँदैन भनेको छ,’ डा. पोण्डेले भने, ‘हाम्रो अनिश्चितकालीन अस्पतालको आकस्मिक बाहेकको सेवा बन्द गर्ने कार्यक्रम आजदेखि शुरु भएको छ, हाम्रो माग पूरा नभएसँग अस्पताल खुल्दैन ।’

सरकारी चिकित्सक संघ (गोदान) ले प्रधानमन्त्री स्वयंले गरेको प्रतिवद्धता र सहमति विपरित सरकारले असमान र अवैज्ञानिक ढंगले चिकित्सकको समायोजन गरेको अरोप समेत लगाएको छ ।

संघले समायोजन प्रक्रियाको विरोध गर्दै समायोजन पत्र नबुझ्ने र आन्दोलनका सक्रिय रहने, शुक्रबारदेखि हावाहुरी प्रभावित क्षेत्रबाहेका जिल्लाहरुमा आकस्मिक बाहेका सेवा बन्द गर्ने लगायतका आन्दोलनका र्काक्रमहरु सार्वजनिक गरेको छ ।

आफूहरुको मागप्रति सरकारले व्यवस्ता गरे सबै सरकारी चिकित्सकले सामूहिक राजीनामा दिने गोदानका अध्यक्ष दिपेन्द्र पाण्डेले बताए ।

‘सामूहिक राजीनामाका लागि देशभरका ७ सय चिकित्सकको राजीनामा पत्र संकलन भइसकेको छ, अन्य चिकित्सकको राजिनामा पत्र संकलन गर्ने कार्य अघि बढाइएको छ,’ डा पाण्डेले भने ।

यता सरकारले भने विहीबार नै अस्पताल क्षेत्रमा हडताल गर्न नपाइने निर्णय सार्वजनिक गरेको छ । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अस्पताल, एम्बुलेन्स, औषधि उत्पादनका क्षेत्रमा हड्ताल गर्न नपाइने निर्णय भएको सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ११ : ०९ बजे

बजेटबारे अर्थमन्त्री – ‘खाल्डो पुर्न खोज्दैछु, साथ चाहियो’

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक

पाँचथर पुगेर प्रचण्डले भने : मध्यपहाडी लोकमार्गको प्रस्तावक हामी हौँ

पाँचथर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यपहाडी लोकमार्गको

‘भाषा र संस्कृति संरक्षण गरी पुस्तान्तरण आवश्यक’ 

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशकै सम्पदाका रुपमा

भारतले भन्यो- एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी दाबी झूठो

काठमाडौं- आफ्नो एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी

वनलाई आयआर्जनसँग जोड्नुपर्छ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई आयआर्जनसँग जोड्नुपर्ने