अफगानिस्तानमा तालिवानसँग भिडन्त, ६६ मारिए « Khabarhub

अफगानिस्तानमा तालिवानसँग भिडन्त, ६६ मारिए


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानको बदघीस प्रान्तमा इस्लामिक लडाकु समूह तालिबान र अफगान फौजबीच भिडन्त भएको छ । भिडन्तमा ६६ जनाको ज्यान गएको छ ।

सयौँको सङ्ख्यामा आएका तालिबान लडाकुले बदघीस प्रान्तको बाला मुरघब जिल्लामा सरकारी सुरक्षाकर्मीलाई लक्षित आक्रमण गरेपछि भिडन्त भएको हो । भिडन्तमा मारिनेमा ३६ सरकारी सुरक्षाकर्मी रहेको तालिवानको दाबी छ ।

अफगान सेनाले भने आक्रमणमा ३० तालिबान लडाकु पनि मारिएको जनाएको छ । भिडन्तमा अरु दर्जनौँ घाइते भएका छन् । आक्रमणका क्रममा तालिवानले त्यस जिल्लाका केही सुरक्षा जाँच चौकी पनि कब्जामा लिएको जनाएको छ ।

यता अफगान रक्षामन्त्रालयले भने सर्वसाधारणको हताहती नहोस् भन्नाका लागि त्यस क्षेत्रबाट सामरिक रुपमा पछि हटेको जनाएको छ । पछिल्ला दुई महिनायता बदघीस प्रान्त र बाला मुरघब जिल्लामा तालिवान र सुरक्षा फौजबीच भिडन्त हुदै आएका छन्।

तालिवान र अमेरिकाबीच शान्ति वार्ताको क्रम जारी रहेका बेला तालिवानले वार्ताका क्रममा आफ्नो पक्ष बलियो बनाउनका लागि सरकारी सुरक्षाकर्मीविरुद्ध आक्रमण भएको हुनसक्ने अनुमान छ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  १२ : ०९ बजे

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको