पिनास भएको कसरी थाहा पाउँने ? यी हुन् बच्ने उपाय « Khabarhub

पिनास भएको कसरी थाहा पाउँने ? यी हुन् बच्ने उपाय


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पिनास भनेको साइनसहरुको इन्फ्लामेसन हो । साइनस भनेको टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन् जो स-साना प्वालहरु ओस्टियम को माध्यमबाट नाकको श्वासमार्गसँग जोडिएका हुन्छन्।

किन हुन्छ पिनास ?

पिनास हुने कारण भनेको साइनसहरुको भित्री मार्गमा केही गरी रोकावट आउनु हावाको राम्रोसँग आवतजावत हुन नपाउनु र साइनसहरु भित्रका फोहोर बाहिर आउन नसक्नु हो। साइनसका मुखहरु बन्द हुनुमा एलर्जी र संक्रमण प्रमुख कारणहरु हुन्।

कहिलेकाहीँ नाकको भित्री भागमा मासु पलाउने, ट्युमर पलाउँदा पनि पिनास हुनसक्छ । पिनास एलर्जी र भाइरल वा व्याक्टेरियको संक्रमणका कारण हुन्छ ।

पिनासका लक्षणहरु

–नाकबाट गन्हाउने बाक्लो सिँगान बगिरहने ।

– नाक बन्द भइरहने ।

–टाउको भारी हुने ।

–अघिल्लो भाग निधारमा दुखिरहने ।

–सुध्ने शक्तिमा कमि आउने ।

–ज्वरो आउने ।

–जीउ दुख्ने ।

–नाकबाट लगातार पानी जस्तो तरल पदार्थ बगिरहने ।

–नाक, आँखा चिलाउने ।

–हाँछ्यु आइरहने ।

यस्ता लक्षण देखिएका चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ ।

पिनास हुनबाट यसरी बच्नुस्

–पानी प्रशस्त मात्रामा पिउने ।

–नियमित रुपमा पानी वा नूनपानीले नाक सफा गर्ने बानी गर्नुपर्छ।

–धेरै सुख्खा हावापानीबाट बच्नुपर्छ।

–नाकको भित्री सतहमा हुने रौंहरुलाई खराब असर पुर्‍याउने धुलो-धुँवा प्रदुषण रसायनहरुबाट एलर्जी हुनसक्ने कुराहरुबाट बच्नुपर्छ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ३ : ४५ बजे

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण