पिनास भएको कसरी थाहा पाउँने ? यी हुन् बच्ने उपाय « Khabarhub

पिनास भएको कसरी थाहा पाउँने ? यी हुन् बच्ने उपाय


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पिनास भनेको साइनसहरुको इन्फ्लामेसन हो । साइनस भनेको टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन् जो स-साना प्वालहरु ओस्टियम को माध्यमबाट नाकको श्वासमार्गसँग जोडिएका हुन्छन्।

किन हुन्छ पिनास ?

पिनास हुने कारण भनेको साइनसहरुको भित्री मार्गमा केही गरी रोकावट आउनु हावाको राम्रोसँग आवतजावत हुन नपाउनु र साइनसहरु भित्रका फोहोर बाहिर आउन नसक्नु हो। साइनसका मुखहरु बन्द हुनुमा एलर्जी र संक्रमण प्रमुख कारणहरु हुन्।

कहिलेकाहीँ नाकको भित्री भागमा मासु पलाउने, ट्युमर पलाउँदा पनि पिनास हुनसक्छ । पिनास एलर्जी र भाइरल वा व्याक्टेरियको संक्रमणका कारण हुन्छ ।

पिनासका लक्षणहरु

–नाकबाट गन्हाउने बाक्लो सिँगान बगिरहने ।

– नाक बन्द भइरहने ।

–टाउको भारी हुने ।

–अघिल्लो भाग निधारमा दुखिरहने ।

–सुध्ने शक्तिमा कमि आउने ।

–ज्वरो आउने ।

–जीउ दुख्ने ।

–नाकबाट लगातार पानी जस्तो तरल पदार्थ बगिरहने ।

–नाक, आँखा चिलाउने ।

–हाँछ्यु आइरहने ।

यस्ता लक्षण देखिएका चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ ।

पिनास हुनबाट यसरी बच्नुस्

–पानी प्रशस्त मात्रामा पिउने ।

–नियमित रुपमा पानी वा नूनपानीले नाक सफा गर्ने बानी गर्नुपर्छ।

–धेरै सुख्खा हावापानीबाट बच्नुपर्छ।

–नाकको भित्री सतहमा हुने रौंहरुलाई खराब असर पुर्‍याउने धुलो-धुँवा प्रदुषण रसायनहरुबाट एलर्जी हुनसक्ने कुराहरुबाट बच्नुपर्छ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ३ : ४५ बजे

बीपी र गणेशमानका छोरा नअट्ने कांग्रेस हुन सक्दैन : राठोर

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना