‘मिस नेपाल’की सहभागीलाई निर्णायकले ‘किन मेकअप नगरेको’ भन्दै हप्काएपछि… « Khabarhub

‘मिस नेपाल’की सहभागीलाई निर्णायकले ‘किन मेकअप नगरेको’ भन्दै हप्काएपछि…


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा हरेक वर्ष हुने ‘मिस नेपाल’ प्रतियोगितालाई लिएर बारम्बार विवाद भइरहन्छ । मिस नेपाललाई महिलाको रुप बेच्ने कारखाना भन्दै कतिपय महिलाले नै विरोध गर्ने गर्छन् ।

यतिबेला भने मिस नेपाल अर्कै कारणले चर्चामा छ । कारण हो, मिस नेपालमा सोधिएको एउटा प्रश्न ।

सामाजिक सञ्जाल फेसबूकमा डाक्टर कल्याणले आफ्नो फेसबूक पेजमा एउटा भिडियो सार्वजनिक गर्छन् । उक्त भिडियोमा उनले लेख्छन्-‘मिस नेपाल अडिसन, यो क्लिप हेरेर मनमा आएको कुरा तल लेख्नुहोला ।’

क्लिपमा के छ ?

प्रतियोगीले आफ्नो परिचय दिन्छिन् – ‘मैले ब्याचलर डिग्रीमा कम्युटर इन्जिनियरिङ गरिरहेकी छु । म अहिले सेभेन्थ सेमेस्टरमा पढिरहेकी छु ।’

मिस नेपालकी सहभागी अस्मिता महर्जनलाई लगत्तै निर्णायक रचना गुरुङले प्रश्न सोध्छिन् – ‘तिमीले किन मेकअप नगरी आयौ ?’

प्रतियोगीले इमान्दारपूर्वक मुस्कुराउँदै भन्छिन् – ‘वास्तवमा मलाई मेकअप गर्न नै आउँदैन ।’

निर्णायकले रुखो आवाजमा अर्को प्रश्न गर्छिन् – ‘मेकअप गर्न नआउने भए किन मिस नेपालमा आएको ? अहिलेको एक्काइसौँ शताब्दीमा मेकअप नै गर्न नआउने मान्छे मिस नेपालमा भाग लिन आएर ‘मिस नेपाल’को गरिमालाई कमजोर बनाउन खोजेको ?’

प्रतियोगीले उत्तर दिन्छिन् – ‘म सिक्नेछु ।’

निर्णायकले अन्तिम निर्णय सुनाउँदै भन्छिन् – ‘तिमी सिकेर आऊ । तिमीले मिस नेपालको प्लेटफर्मलाई अनादर गर्‍यौ ।’

सहभागीले चुपचाप मुस्कुराएर नै यो सबथोक बेहोर्छिन् ।

त्यसपछि निर्णायकको प्रश्न प्रतियोगीको खुबीमा होइन कि, आँखामा लगाएको चश्मातिर ढल्किन्छ । उनले सोध्छिन् – ‘तपाईंको आँखामा लगाएको चश्माको पावर कति हो ?’

प्रतियोगीले उत्तर दिन्छिन् – ‘- ५ ।’

निर्णायकले अर्को प्रश्नको झटारो हान्छिन् – ‘तपाईं कन्ट्याक लेन्स प्रयोग गर्नुहुन्छ ?’

प्रतियोगीले भन्छिन् – ‘गर्छु ।’

फेरि निर्णायकको प्रश्न आउँछ – ‘किन नलगाएको त ?’

प्रतियोगीले जवाफ दिन्छिन् – ‘म स्कुटीमा आउनुपर्ने थियो । र, काठमाडौंमा धूलो बढी हुने कारणले चश्मा प्रयोग गरेकी हुँ ।’

यो भिडियो क्लिप सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले मेकअपलाई मिस नेपालमा अनिवार्य बनाएको र मेकअप गर्न नजान्ने सुन्दरीहरुलाई अपमान गरेको भन्दै युवतीहरुले नै विरोध गरिरहेका छन् ।

भिडियोमा कतिले निर्णायकका तर्फबाट मेकअपलाई लिएर प्रश्न सोध्ने रचना गुरुङ शर्माको विरोध गरेका छन् । (महर्जनलाई के के सोधिएको थियो हेर्न यहाँ क्लिक गर्नुहोस) कतिपयले मेकअप गरेकी रचनाभन्दा प्रतियोगी नै ‘राम्री’ देखिएको भन्दै निर्णायकको मजाक उडाएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको यो भिडियोमा मेकअप नगरेर मिस नेपाललाई अनादर गरेको आरोप समेत लगाइएको छ । भिडियो फुटेज सार्वजनिक भएपछि मेकअपलाई नभएर बौद्धिकतालाई सम्मान गर्नुपर्ने धारणा धेरैको छ । उक्त भिडियो फुटेजलाई लिएर सामाजिक सञ्जालमा निरन्तर विरोध भइरहेको छ । विरोध गर्नेमा धेरै युवापुस्ता नै बढी छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  २ : ०६ बजे

अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु

एजेन्सी– गत अक्टोबरमा भएको घातक झडप पछिको पछिल्लो पाकिस्तान–अफगानिस्तानको मुख्य

नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको छ : प्रथम राष्ट्रपति यादव

वीरगञ्ज– नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा

चितवनले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा अहिले

वालिङ–हुवास सडक कालोपत्र हुँदै

पर्वत– दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र

अमेरिका–युक्रेनबीच सुरक्षा सहयोगको प्रारम्भिक ढाँचा तयार

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले दुई दिनसम्म चलेका वार्तापछि संयुक्त राज्य