भिक्षु अश्वघोषको निधन « Khabarhub

भिक्षु अश्वघोषको निधन


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थेरवाद बुद्धधर्म भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको आज निधन भएको छ । मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायत समस्याबाट पीडित भिक्षुको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज दिउँसो निधन भएको हो ।

करीब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवर्द्धनमा लागेका ९४ वर्षीय भिक्षु अश्वघोषले करीब १५० कृतिहरू प्रकाशित गर्नुभएको भिक्षु तपस्सीधम्मले जानकारी दिए । दिवङ्गत भिक्षु अखिल नेपाल भिक्षु महासङ्घको सल्लाहकारसमेत थिए ।

भिक्षु तपस्सीधम्मका अनुसार भिक्षुको पार्थीव शरीरलाई सर्वसाधारणको दर्शनका लागि आजै साँझबाट ढल्कोस्थित संघराम बिहारमा राखिने छ । महासङ्घको आपतकालीन बैठक साँझ ५ बजे बोलाइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ४ : ०७ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला