भिक्षु अश्वघोषको निधन | Khabarhub Khabarhub

भिक्षु अश्वघोषको निधन


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थेरवाद बुद्धधर्म भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको आज निधन भएको छ । मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायत समस्याबाट पीडित भिक्षुको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज दिउँसो निधन भएको हो ।

करीब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवर्द्धनमा लागेका ९४ वर्षीय भिक्षु अश्वघोषले करीब १५० कृतिहरू प्रकाशित गर्नुभएको भिक्षु तपस्सीधम्मले जानकारी दिए । दिवङ्गत भिक्षु अखिल नेपाल भिक्षु महासङ्घको सल्लाहकारसमेत थिए ।

भिक्षु तपस्सीधम्मका अनुसार भिक्षुको पार्थीव शरीरलाई सर्वसाधारणको दर्शनका लागि आजै साँझबाट ढल्कोस्थित संघराम बिहारमा राखिने छ । महासङ्घको आपतकालीन बैठक साँझ ५ बजे बोलाइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ४ : ०७ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार