खनियावास गाउँपालिकाका स्थानीयले १६ थान भरुवा बन्दुक प्रहरीलाई बुझाए | Khabarhub Khabarhub

खनियावास गाउँपालिकाका स्थानीयले १६ थान भरुवा बन्दुक प्रहरीलाई बुझाए


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको खनियावास गाउँपालिकाका स्थानीयले अवैध रुपमा राखेको १६ थान भरुवा बन्दुक प्रहरीलाई बुझाएका छन् ।

सरकारको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय धादिङले चैत एक गते सुचना जारी गर्दै ३५ दिनभित्र अवैध रुपमा राखिएका हातहतियार बुझाउन भनेको थियो । जिल्ला प्रहरी कार्यालय धादिङले खनियावास गाउँपालिकामा गरेको सार्वजनिक सुनुवाई लगायतका कार्यक्रमहरु गरी अवैध रुपमा राखिएका हातहतियारहरु बुझाउन अनुरोध समेत गरेको थियो ।

सोही क्रममा गाउँपालिकाका स्थानीयले आफूसँग रहेको १६ थान भरुवा बन्दुक धादिङ प्रहरीलाई बुझाएका थिए । जिल्ला प्रहरी कार्यालय धादिङले शुक्रबार पत्रकार सम्मेलन गर्दै स्थानीयले बुझाएको हातहतियार सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  १० : १५ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग