खेलकुद पत्रकार मञ्चको अध्यक्षमा सुवेदी निर्वाचित « Khabarhub

खेलकुद पत्रकार मञ्चको अध्यक्षमा सुवेदी निर्वाचित


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्चमा दुर्गानाथ सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।

शुक्रबार भएको निर्वाचनमा अध्यक्षका प्रत्यासि सुवेदीले ५५ मत प्राप्त गरे। अर्का अध्यक्ष का प्रत्यासी प्रकाश तिमल्सिनाले ४१ मत प्राप्त गरे।
वरिष्ठ उपाध्यक्षमा सञ्जीव सिल्पकार निर्विरोध चुनिँदा उपाध्यक्षमा ध्रव कुमार तुलाधर र निरंजन अधिकारी निर्वाचित भए।

निर्वाचनबाट महासचिवमा प्रज्वल ओली निर्वाचित भएका हुन्। त्यस्तै, सचिवमा गोविन्द रेग्मी विजयी हुँदा कोषाध्यक्षमा अञ्जन खड्का निर्विरोध चुनिए।

सदस्यहरुमा हिम बिक्रम केसी, दिल तामाङ र अनिल मल्ल ठकुरी निर्वाचित भए भने महिला सदस्यमा मुना कार्की निर्विरोध छानिइन्
११ जनाको कार्यसमितिमा ३ जना निर्विरोध छानिएका हुन्। नेपाल खेलकुद पत्रकार मञ्चमा ९८ सदस्य रहेका छन्। निर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ६ : २८ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर