दक्षिण कोरियाको डढेलो नियन्त्रणको प्रयास जारी « Khabarhub

दक्षिण कोरियाको डढेलो नियन्त्रणको प्रयास जारी


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरिया– दक्षिण कोरियाको पूर्वी भेगमा एक जनाको ज्यान लिएको डढेलो नियन्त्रण गर्नका लागि हजारौँ अग्निनियन्त्रकहरु लागिपरेका छन् । बिहीबार बेलुकीबाट दक्षिण कोरियाको पूर्वी भेगमा अवस्थित गाङ्ग्वन प्रान्तमा सल्केको डढेलो नियन्त्रणमा अग्निनियन्त्रकहरु लागि परेका हुन् ।

डढेलो निभाउन ३० भन्दा धेरै सैनिक हेलिकोप्टरका साथै १६ हजार भन्दा धेरै सैनिक तथा ९ सय भन्दा धेरै दमकलको सहायताबाट ३ हजार भन्दा धेरै अग्निनियन्त्रकहरु परिचालन गरिएको छ ।

५२५ हेक्टरमा डढेलोबाट एक जनाको ज्यान जानुका साथै २ हजारभन्दा धेरै विस्थापित भएका छन् । डढेलोले करिब २ सय घर, गोदाम र अन्य पूर्वाधारमा क्षति पुगेको बताइएको छ । त्यस्तै डढेलोलाई ध्यानमा राख्दै ५० भन्दा धेरै विद्यालय बन्द गरिएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले डढेलो नियन्त्रणका लागि आवश्यक श्रोत साधन परिचालन गर्न निर्देशन दिएको दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लू हाउसले जनाएको छ ।

डढेलो हाल गाङ्ग्वन प्रान्तको सोक्चो र गाङ्गियुन शहरसम्म पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अग्निनियन्त्रकको प्रयासपछि सोक्चो शहर नजिकको डढेलो नियन्त्रण गरिएको र गाङ्गियुन शहर नजिकको डढेलो पनि आंशिक रुपमा नियन्त्रणमा लिइएको बताइएको छ । यद्यपि पूर्ण रुपमा डढेलो नियन्त्रणको प्रयास भने जारी राखिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ६ : ४६ बजे

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता