लगानी सम्मेलनको समीक्षा : पैसा आउने वातावरण अझै बनेन | Khabarhub Khabarhub

लगानी सम्मेलनको समीक्षा : पैसा आउने वातावरण अझै बनेन



काठमाडौं– विज्ञहरुले लगानी सम्मेलनपछि वैदेशिक लगानीका लागि वातावरण बनेको सन्देश लगानीकर्ताहरुका बिचमा पुग्न सफल भएपनि लगानी आउने वातावरण बन्न अझै नसकेको बताएका छन् ।

आइएसएसआर र खबरहबले दरबारमार्गको पेभेलियन हलमा आयोजना गरेको ‘लगानी सम्मेलनपछिको समिक्षात्मक अन्तक्रिया’ कार्यक्रममा विज्ञहरुले लगानीको वातावरण बनेको सन्देश विदेशी लगानीकर्तासँग पुर्‍याउन सफल भएको बताएका हुन् ।

कार्यक्रममा पूर्वअर्थमन्त्री तथा अर्थशास्त्री समेत रहेका कांग्रेस नेता डाक्टर रामशरण महतले २ वर्षअघि भएको लगानी सम्मेलनमा गरिएको प्रतिवद्धता किन आउन सकेन भनेर त्यसको खोजी गर्नुपर्ने तर त्यसो नगरिएको बताए ।

सम्मेलनअघि स्वदेशी लगानीकर्ताहरुसँग समेत पर्याप्त छलफल नभएको भन्दै उनले भने, ‘२ वर्षअघि भएको लगानी सम्मेलनमा गरिएको १४ खर्ब बराबरको प्रतिवद्धता किन कार्यान्वयन हुन सकेन त्यसको खोजी गरी अहिले सम्मेलन आयोजना गर्नुपथ्र्योे, तर त्यसो भएन ।’

उनले स्वेदशी लगानीकर्तासँग समेत पर्याप्त छलफल हुनुपर्ने तर सरकारले हताहतारमा सम्मेलनको आयोजना गरेका कारण लगानी आउने पर्याप्त आधार नभएको उनले बताए ।

कार्यक्रममा लगानी बोर्डका पूर्व कार्यकारी निर्देशक समेत रहेका विज्ञ डाक्टर राघेश पन्तले दुई तिहाईको सरकार बनेपछि लगानीको वातावरण बनेको सन्देश विश्व समुदायमा पुर्‍याउन सम्मेलनको आयोजना गर्नुपर्ने अवस्थामा सरकारले आयोजना गरेको सम्मेलन उपलब्धिमूलक भएको बताए ।

उनले लगानी सम्मेलनलाई लक्षित गरी संसदबाट हतारहतारमा नयाँ कानून बनाइएको भएपनि समस्या कानूनको नभएर प्रवृत्तिको भएको बताए । उनले भने,‘नयाँ कानून आए ठिक छ, तर समस्या कानूनमा हैन, प्रवृत्तिमा हो । जबसम्म लगानीकर्ताको विश्वास लिन सकिँदैन तबसम्म यस्ता सम्मेलनले केही गर्न सक्दैन’ । उनले नीजि क्षेत्र र सरकार मिलेर आयोजना गरेको सम्मेलनपछि लगानी आउने आशा गर्ने ठाउँ भने रहेको बताएका छन् ।

कार्यक्रममा सहभागी पूर्वगभर्नर समेत रहेका दिपेन्द्रबहादुर क्षेत्रीले सम्मेलन आयोजना हुनु राम्रो भएपनि यसअघिको सम्मेलनमा आएको प्रतिवद्धबता कार्यान्वयन किन हुन सकेन त्यसको मुल्याङ्कन गर्नुपर्ने बताए । उनले भने ‘सम्मेलन आयोजना हुनु राम्रो कुरा हो, २ वर्षअघि भएको सम्मेलनमा आएको प्रतिवद्धता के कारण पूरा हुन सकेन, कसको कमजोरीका कारण लगानी आउन सकेन भन्ने विषयमा कतिको केलायौँ त्यो महत्वपुर्ण हो ।’

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पृथ्वीराज लिगलले लगानी सम्मेलनले लगानी वातावरण बनाउन सफल भएको दाबी गरे । उनले कम्युनिष्ट सरकार भएको देशमा लगानीको सुरक्षा नहुने मान्यता पुरानो भइसकेको भन्दै नेपालमा समेत त्यसको प्रभाव नपर्ने बताए ।

तर सोधनान्तर घाटा बढिरहेको, व्यापारघाटा समेत बढ्दै गएका कारण सम्मेलनले मात्रै विदेशी लगानी आउन नसक्ने बताए । लिगलले भने ‘व्यापारघाटा चुलिँदो छ, सोधनान्तर घाटा समेत बढिरहेको छ, अनि कसरी आउँछ विदेशी लगानी ?’ लगानी ल्याउन देशको अर्थतन्त्रमा उल्लेख्य सुधार गर्नुपर्ने धारणा राखे ।

पूर्वगभर्नर समेत रहेका अर्थविद् डाक्टर तिलक रावलले समेत विश्व अर्थतन्त्रले लय समात्न नसकेको र आन्तरिक रुपमा समेत नेपालको अर्थतन्त्र कमजोर बन्दै गएको बेला आयोजना गरिएको लगानी सम्मेलनले लगानी ल्याउन सक्ने विषयम आशंका व्यक्त गरे । उनले भने ‘विश्व अर्थतन्त्र सन् २०२० सम्ममा साढे ३ प्रतिशत हुने अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेको छ । नेपालको अर्थतन्त्र समेत कमजोर अवस्थामा छ ।

सोधनान्तर घाटा बढिरहेको छ, हाम्रो खर्च गर्नसक्ने क्षमतामा समेत प्रश्न उठिरहेको छ । यस्तो अवस्थामा विदेशी लगानी आउने पर्याप्त आधार देखिएको छैन’ । तर लगानी सम्मेलन भने आवश्यक रहेको र उपयुक्त समयमै भएको तर्क गरे ।

कार्यक्रममा नीजि क्षेत्रबाट प्रतिनिधित्व गरेका चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेशकुमार अग्रवालले सम्मेलनले नीजि क्षेत्रलाई उत्साहित गरेको बताए । कार्यक्रममा अर्थविद् चन्द्रमणि अधिकारी, कुसुम शाक्यसहित काँग्रेस नेता रामहरि खतिवडा लगाएतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ७ : २१ बजे

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको