चर्किए चित्रबहादुर : जनप्रतिनिधि ठेकेदार बन्ने ? | Khabarhub Khabarhub

चर्किए चित्रबहादुर : जनप्रतिनिधि ठेकेदार बन्ने ?


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले राजनीतिको नाममा लुटतन्त्र हावी भएको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष केसीले मुलुकमा भ्रष्टाचार मंहगी,  कुशासन व्याप्त रहेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले संघीयताको खर्च मुलुकले धान्न नसक्ने भन्दै संघीयता खारेज नभए संघीयताले देशलाई खारेज गर्ने चेतावनी दिए । उनले भने ‘संघीयता खारेज गरिएन भने यसले मुलुकलाई खारेजी गर्छ । हामीले गाँजा खाएको भरमा भनेको होइन । चुनिएर आएका जनप्रतिनिधिले पहिले आफ्नो सेवा सुविधान हेर्ने कि जनताको ? ठेकेदार बन्ने हो जनप्रतिनिधि ?’

उनले नेपालका ठूला दलहरुले विदेशीले बोकाएको संघीयताको भारी बोकेको समेत टिप्पणी गरे । उनले भ्रष्टाचार मंहगी, कुशासनबाट आक्रान्त भएका जनताले विकल्पमा राजसंस्था रोज्ने खतरा रहेको औल्याए । सयौं राजा पाल्नुभन्दा एउटै राजा भए हुन्थ्यो भन्ने जनतामा भान परिसकेको उनले दाबी गरे ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  १० : ५० बजे

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

प्रधानमन्त्री ओली स्पेनका समकक्षीले आयोजना गरेको रात्रिभोजमा सहभागी

स्पेन – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री)

रुपन्देही – ३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र