जी–७ राष्ट्रका विदेशमन्त्रीको बैठकमा पोम्पेओ अनुपस्थित « Khabarhub

जी–७ राष्ट्रका विदेशमन्त्रीको बैठकमा पोम्पेओ अनुपस्थित


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्स– विश्वका सात विकशित मुलुक (जी–सेभेन)का विदेशमन्त्रीहरूको बैठक उत्तरी फ्रान्समा शुक्रबार बसेको छ ।

विश्वव्यापी असमानता र साइबर अपराधका बिषयमा छलफल गर्न भएको भेलामा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ भने अनुपस्थित भएका छन् ।

दुई दिने भेला दिनार्डको ब्रेटन रिसोर्टमा भएको र बैठकमालिविया समस्या, बेलायतको यूरोपेली संघबाट हुने बहिर्गमन प्रक्रियालगायतका विश्वव्यापी बिषयमा छलफल हुने बताइएको छ ।

भेलामा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली र जापानका विदेशमन्त्री सहभागी जी–सेभेन राष्ट्रका विदेशमन्त्रीको भेलामा अमेरिकी विदेश मन्त्री पोम्पेओ सहभागी नभएपछि विश्लेषकहरूले अमेरिकाले बहुपक्षीयतालाई नस्वीकार्ने सङ्केतबारेको अमेरिकाको अर्को शङ्कास्पद व्यवहार मानिएको छ ।

यद्यपि बैठकमा अमेरिकाको प्रतिनिधित्व भने अमेरिकी उपविदेशमन्त्री जेन जे सुलिभानले गरेका छन् ।

क्यानडेली विदेश मन्त्रालयका क्रिश्टिया फ्रिल्याण्डले उनका अन्य यूरोपेली समकक्षीले झै पोम्पेओसँग गत हप्ता भएको उत्तर एटलान्टिक सन्धि संगठनमा भेटेका थिए तर जी–सेभेनको विदेशमन्त्रीको भेलामा सहभागी नभएको आश्चर्य व्यक्त गरे ।

उनले “मलाई लाग्छ भेलामा पोम्पेओ नआएकोमा हामी दुःखी छौँ, तर क्षमतावान अमेरिकी उप विदेशमन्त्रीको उपस्थिति सह्राननीय छ । पोम्पेओ नेटोको बैठकमा ‘अत्यन्तै व्यस्त’ रहेकाले उपस्थित नभएको जानकारी मिलेको छ ।”

बेलायतका उच्च कूटनीतिज्ञ जेरेमी हन्टले फ्रान्समा जानुपहिले भने, “हामीले विश्वव्यापीरूपमा प्रजातन्त्रमा देखिएको चुनौती,साइबर अपराध र सरकारका तर्फबाट प्रजातान्त्रिक प्रक्रियामा हुने हस्तक्षेपका सम्बन्धमा कुरा गर्ने कार्यक्रम रहेको छ ।”

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ८ : २२ बजे

निर्वाचन आयोगलाई अर्थमन्त्रीले भने- कम खर्चमा चुनाव सम्पन्न गराऔँ

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड

नेकपा केन्द्रीय सदस्य रायसहितको टोली जसपा नेपालमा प्रवेश

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व श्रममन्त्री रामेश्वर

निर्वाचन तालिका स्थगित गर्नुपर्ने माग लिएर देउवा समूह आयोग पुग्दै

काठमाडौं- नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा समूहले फागुन २१

आनाको फिल्म ‘रमिताको पिरती’मा कुशलको र्‍याप

काठमाडौं – नायिका आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’को शीर्ष

सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम