जी–७ राष्ट्रका विदेशमन्त्रीको बैठकमा पोम्पेओ अनुपस्थित « Khabarhub

जी–७ राष्ट्रका विदेशमन्त्रीको बैठकमा पोम्पेओ अनुपस्थित


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्स– विश्वका सात विकशित मुलुक (जी–सेभेन)का विदेशमन्त्रीहरूको बैठक उत्तरी फ्रान्समा शुक्रबार बसेको छ ।

विश्वव्यापी असमानता र साइबर अपराधका बिषयमा छलफल गर्न भएको भेलामा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ भने अनुपस्थित भएका छन् ।

दुई दिने भेला दिनार्डको ब्रेटन रिसोर्टमा भएको र बैठकमालिविया समस्या, बेलायतको यूरोपेली संघबाट हुने बहिर्गमन प्रक्रियालगायतका विश्वव्यापी बिषयमा छलफल हुने बताइएको छ ।

भेलामा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली र जापानका विदेशमन्त्री सहभागी जी–सेभेन राष्ट्रका विदेशमन्त्रीको भेलामा अमेरिकी विदेश मन्त्री पोम्पेओ सहभागी नभएपछि विश्लेषकहरूले अमेरिकाले बहुपक्षीयतालाई नस्वीकार्ने सङ्केतबारेको अमेरिकाको अर्को शङ्कास्पद व्यवहार मानिएको छ ।

यद्यपि बैठकमा अमेरिकाको प्रतिनिधित्व भने अमेरिकी उपविदेशमन्त्री जेन जे सुलिभानले गरेका छन् ।

क्यानडेली विदेश मन्त्रालयका क्रिश्टिया फ्रिल्याण्डले उनका अन्य यूरोपेली समकक्षीले झै पोम्पेओसँग गत हप्ता भएको उत्तर एटलान्टिक सन्धि संगठनमा भेटेका थिए तर जी–सेभेनको विदेशमन्त्रीको भेलामा सहभागी नभएको आश्चर्य व्यक्त गरे ।

उनले “मलाई लाग्छ भेलामा पोम्पेओ नआएकोमा हामी दुःखी छौँ, तर क्षमतावान अमेरिकी उप विदेशमन्त्रीको उपस्थिति सह्राननीय छ । पोम्पेओ नेटोको बैठकमा ‘अत्यन्तै व्यस्त’ रहेकाले उपस्थित नभएको जानकारी मिलेको छ ।”

बेलायतका उच्च कूटनीतिज्ञ जेरेमी हन्टले फ्रान्समा जानुपहिले भने, “हामीले विश्वव्यापीरूपमा प्रजातन्त्रमा देखिएको चुनौती,साइबर अपराध र सरकारका तर्फबाट प्रजातान्त्रिक प्रक्रियामा हुने हस्तक्षेपका सम्बन्धमा कुरा गर्ने कार्यक्रम रहेको छ ।”

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ८ : २२ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं