तामाङ समुदायमा सोनाम ल्होसारको हर्ष « Khabarhub

तामाङ समुदायमा सोनाम ल्होसारको हर्ष


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं ।  आज सोनाम ल्होसार, तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी सोनाम ल्होसार मनाउँदैछन् । सोनाम ल्होसारको अवसरमा प्रदेश ३ सरकारले सार्वजनिक विदा दिएको छ ।

यसअघि संघीय सरकारले नै यो पर्वमा सार्वजनिक बिदा दिँदै आएपनि बिदा कटौति गरेको थियो । तर गत माघ ९ गते बसेको ३ नम्बर प्रदेशको मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय गरेको थियो ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने गरिन्छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको हुन्छ ।

सोनाम ल्होसारका अवसरमा नेपाल तामाङ घेदुङले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रममा तामाङ खाना, भेषभूषा, कला संस्कृतिल प्रदर्शनीको गरिनेछन् ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सोनम ल्होछार २०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं प्रगतिका लागि शुभकामना व्यक्त गर्दै शुभकामना सन्देश जारी गरेकी छिन् ।

ल्होसारका अवसरमा सभामुख कृष्णबहादुर महराले सोनाम ल्होसार पर्वले नेपाली–नेपालीबीच आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्दै सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र भ्रातृत्वको विकास गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

सभामुख महराले शुभकामना व्यक्त गर्दै नेपालका विविध सांस्कृतिक सम्पदा, चाडपर्व र संस्कृतिले नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

उनले शुभकामना सन्देशमा हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी भएको उल्लेख गर्दै यही विविधताले नै विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको बताएका छन् ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ५ : ५० बजे

सुकुम्वासी बस्तीबाट विस्थापित बालबालिकाको प्रश्न : घर नै छैन, स्कूल कसरी जाऊँ ?

काठमाडौँ – सरकारको निर्णयअनुसार शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट

प्रधानमन्त्री बालेन भन्छन्- भ्रममा नपर्नुस्, भूमिहीनको आवास सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदीकिनार र सरकारी

भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी

झापा वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा

इन्टर मिलान बन्यो सिरी ए च्याम्पियन :तीन खेल अगावै उपाधि कब्जा

काठमाडौँ – इन्टर मिलानले आइतबार राति पार्मालाई २–० ले पराजित

रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ? उम्मेदवार छनोट रूपरेखा (पूर्णपाठ)

काठमाडौँ – आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र