खानेपानीको धारामा ताल्चा ! | Khabarhub Khabarhub

खानेपानीको धारामा ताल्चा !


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको भानू नगरपालिका–१३ बासपानीको खानेपाली समस्या नियन्त्रण गर्न तल्लो बासपानी खानेपानी उपभोक्ता समितिले धारामा ताल्चा लगाउन थालेको छ ।
खानेपानीको मूल सुक्न थालेको र भएको पानी पनि दुरुपयोग हुन थालेपछि समितिले धारामा ताल्चा लगाउने निर्णय गरेको हो । बिहान र बेलुका मात्रै धाराको ताल्चा खोलिने गरिएको छ । समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले खानेपानीको ट्यांकी सानो हुनुका साथै मूलबाट पर्याप्त मात्रामा पानी नआएका कारण खानेपाी संकट टार्न धारामा ताल्चा लगाउन थालेको बताए ।
‘जधाभावी धारा खोलिने र भएको पानी पनि खेर जान थालेपछि दुरुपयोग रोक्न धारामा ताल्चा लगाएका हौं, उनले भने, ‘संकलन भएको पानी बेहान–बेलुकामात्रै खोल्ने गरेका छौं ।’ आजको नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ७ : १२ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’