पूर्वराजा ज्ञानेन्द्र जनताको घर दैलोमा… « Khabarhub

पूर्वराजा ज्ञानेन्द्र जनताको घर दैलोमा…


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – करिब दुई सातादेखि सिमरा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । पूर्वराजाले सोमबार बेलुकासम्म २ सय ५० जनाभन्दा बढीसँग भेटघाट गरेका छन् ।

नितान्त व्यक्तिगत भ्रमण भन्दै मध्यतराई र पूर्वी तराईको भ्रमणमा निस्किएका ज्ञानेन्द्रले तराईका राजावादीलगायत विभिन्न व्यक्तिसँग भेटघाट गरेका हुन् । भेटमा सबैले पूर्वराजालाई सक्रिय हुन आग्रह गरेका थिए ।

सिमरास्थित प्रभु शमशेरको निवासमा बस्दै आएका ज्ञानेन्द्रले हिजो सोमबार सिमरास्थित राममन्दिरमा पूजाअर्चना गरेका थिए ।

केही दिन सिमरा बसाइपछि उनी सपरिवार झापा जाने कार्यक्रम रहेको छ । पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना र केही आफन्तसँग सिमरा बस्दै आएका ज्ञानेन्द्र करिब डेढ महिना लामो कार्यक्रम लिएर मध्य र पूर्वी नेपाल भ्रमणमा निस्कएका हुन् । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ७ : २८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार