फाइल फोटो

हुण्डी कारोबारी ८ जनाविरुद्ध ४ अर्ब १६ करोड बिगो दाबी

By खबरहब

February 05, 2019

काठमाडौं– प्रतिबन्धित हुन्डी कारोबारमा हालसम्मकै सर्वाधिक बीगो दाबीसहित सोमबार धनुषा जिल्ला अदालतमा मुद्दा दायर भएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

राजस्व अनुसन्धान विभागले आठ जनाविरुद्ध चार अर्ब १६ करोड बिगो दाबी गर्दै मुद्दा दायर गरेको विभाको पथलैया कार्यालयका प्रमुख राजन बिसीले बताए ।

‘रामेश्वर पूर्वे’ भनिने रामेश्वर शाह, उनकी श्रीमती मीनादेवी शाह, विजय यादव, मोख्तर अहमद, सन्तोष महतो, नरेश महतो, सुरज ठाकुर र पप्पुकुमार दासलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । प्रतिवादीमध्ये नरेश, सुरज र पप्पु भारतको विहारका हुन् भने अरु सवै जनकपुर उपमहानगरपालिकाका हुन् ।