सुदूरपश्चिममा ‘मुख्यमन्त्री कृषि कार्यक्रम’ लागू, किसानलाई शतप्रतिशत बिऊ निशुल्क « Khabarhub

सुदूरपश्चिममा ‘मुख्यमन्त्री कृषि कार्यक्रम’ लागू, किसानलाई शतप्रतिशत बिऊ निशुल्क


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशमा ‘मुख्यमन्त्री कृषि कार्यक्रम’ अन्तर्गत कृषि औजार उपकरण अनुदान, शीत भण्डार निमार्ण र साना सिँचाइ सहयोगजस्ता कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ ।

‘परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादनअनुसारको बजार’ भन्ने नारासाथ प्रदेशका सबै ८८ स्थानीय तहमा मुख्यमन्त्री कृषि कार्यक्रम कार्यान्वयन गर्ने नीति प्रदेश सरकारको छ । यो कार्यक्रमअन्तर्गत चालू आवमा रु १९ करोड बजेट विनियोजन गरिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता नीलकण्ठ पोखरेलले साना सिँचाइ कार्यक्रम कृषि ज्ञान केन्द्रमार्फत शुरु भइसकेकामा मन्त्रालयमार्फत सञ्चालन हुन लागेको कृषि औजार उपकरण अनुदान र शीत भण्डार गृह निर्माणका लागि कार्यविधि बनिरहेकोे बताए ।

साना सिँचाइ कार्यक्रमअन्तर्गत किसानलाई स्यालो ट्युबवेल बोरिङ जडानमा सहयोग उपलब्ध गराउन लागिएको छ । सरकारी–निजी–साझेदारी अवधारणा अनुरुप कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडीमा एक/एक शीत भण्डारगृह निर्माण गर्ने लक्ष्य रहेको छ । यस्तै प्रदेशका नौ वटै जिल्लाका किसानलाई तोकिएको मापदण्डका आधारमा पचास प्रतिशत अनुदानमा कृषि औजार उपकरण अनुदान उपलब्ध गराउन लागिएको छ ।

चालू आवमा मन्त्रालयले उपलब्ध गराएको बजेटबाट राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेडमार्फत कृषक, सहकारी र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिएकामा किसानलाई उखु र चैतेधानको बीउ पनि वितरणको प्रक्रिया शुरु गरिएको छ । गहुँको बीउ एक हजार ३१८ हेक्टरमा पुग्ने गरी वितरण गरिएको छ ।

बाढी, डुबान र नदीकटानको जोखिम रोक्नका लागि कैलाली र कञ्चनपुर जिल्लाको बाढी, डुबान र नदीकटानको जोखिम मानिएका क्षेत्रको जग्गामा उखु खेती गर्न यसको बीउसमेत ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन लागिएको प्रवक्ता पोखरेलले बताए । ७०८ हेक्टर क्षेत्रमा उखु खेती गर्ने माग भएकामा चालू वर्षमा २८० हेक्टरका लागि मात्र बीउमा अनुदान दिन सकिने जनाइएको छ ।

दलहन बाली मुङको खेती गर्नका लागि पहिलो पटक मन्त्रालयले यसको बीउ शतप्रतिशत अनुदानमा वितरण गर्न लागेको छ । एक बिघादेखि १० बिघासम्म खेती गर्न चाहनेलाई मात्र यसको बीउ शतप्रतिशत अनुदानमा वितरण गर्न सकिने मापदण्ड बनाइएको छ । ‘एक घर पाँच फलफूल बिरुवा वितरण कार्यक्रम’ अन्तर्गत प्रदेशका सात पहाडी जिल्लामा स्याउ, अम्बा, नास्पती, आरुबखडा, ओखरलगायतका झण्डै ७५ हजार फलफूलका बिरुवा वितरण भइरहेको छ ।

– सिद्धराज भट्ट 

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ८ : ०८ बजे

हलमा रित्तिए नेपाली फिल्म : फ्पको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट

कुइचोउको छलाङ : कुनै बेला चरम गरिबीसँग जुधेको प्रान्त अहिले डिजिटल अर्थतन्त्रको हस्ती

कुइयाङ (चीन)- चीनको कुइचोउ प्रान्त कुनै बेला चरम गरिबीसँग जुधिरहेको

विश्वकपमा मेसीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र