राष्ट्रपतिद्वारा क्रिकेट टिमलाई बधाई « Khabarhub

राष्ट्रपतिद्वारा क्रिकेट टिमलाई बधाई


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय तथा ट्वान्टी—२० श्रृङ्खला २—१ ले जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले बधाई दिएकी छन् ।

सोमबार राष्ट्रिपति भण्डारीले नेपाली टोलीले ऐतिहासिक सफलता हात पारेको उल्लेख गर्दै बधाई दिएकी हुन् । “नेपालले यूएईमा भएको तेस्रो ट्वान्टी—२० क्रिकेट खेलमा ऐतिहासिक सफलता हासिल गरेकोमा राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्दछु,” राष्ट्रपति भण्डारीको ट्वीटर ह्यान्डलमा भनिएको छ, “हाम्रो देशमा लोकपृय बनेको क्रिकेट खेलको प्रवद्र्धनका लागि शैक्षिक प्रतिष्ठान र सम्वद्ध पक्ष अग्रसर हुने अपेक्षा लिएको छु ।”

यूएईमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय तथा ट्वान्टी—२० अन्तर्राष्ट्रियमा २—१ को जित निकालेको नेपाली टोली सोमबार स्वदेश फर्किइसकेको छ । ऐतिहासिक सफलता हासिल गर्दै स्वदेश फर्किएको राष्ट्रिय टोलीको त्रिभुवन बिमानस्थलमा रातो कार्पेटसहित भव्य स्वागत गरिएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ८ : १६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको