जापानी प्रधानमन्त्री र जर्मन चान्सलरबीच स्वतन्त्र व्यापारका विषयमा छलफल « Khabarhub

जापानी प्रधानमन्त्री र जर्मन चान्सलरबीच स्वतन्त्र व्यापारका विषयमा छलफल


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो, जापान- जापानका प्रधानमन्त्री सिन्जो आबे तथा जापान भ्रमणमा रहनुभएकी जर्मन चान्सलरबीच सोमबार भएको भेटमा जापान र जर्मनीबीच स्वतन्त्र व्यापारका लागि छलफल भएको छ ।

जापान र यूरोपेली यूनियनबीच भएको सम्झौता अनुरूप गत शुक्रबारदेखि स्वतन्त्र व्यापार कार्यान्वयनमा आएको छ ।

‘जापान र जर्मनीले स्वतन्त्र तथा खुला आर्थिक प्रणालीलाई स्थापित गर्न र मजबुत पार्न निकटमा रहेर काम गर्नेछन्,’ जापानी प्रधानमन्त्री आबेले मर्केलसँगको भेटपछि भएको संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो ।

मर्केल दुई दिने जापान भ्रमणका लागि सोमबार टोकियो आइपुग्नुभएको छ ।

‘जापानसँगको स्वतन्त्र व्यापार सहमतिले विश्वलाई महत्वपूर्ण सन्देश दिनेछ,’ मर्केलले बताउनुभयो ।

भेटमा जापान र जर्मनीका उच्च अधिकारीबीच बेलायतको इयूबाट हुने बहिर्गमन र यसबाट उक्त षेत्रमा पर्ने प्रभावका कारेमा छलफल भएको थियो । जर्मनी इयूको एक प्रभावशाली सदस्य हो ।

बेलायतमा काम गरिरहेका जापानी कम्पनीबारेमा चासो देखाउँदै आवेले मर्केलसँग भन्नुभयो, ‘बेलायतको इयूबाट हुने बहिर्गमन (ब्रेक्जिट) सम्झौताबिना नै बेलायतले इयू छोड्नुपर्ने अवस्था आउन दिनुहुन्न । यसबाट विश्वव्यापी अर्थतन्त्रमा पर्ने नकारात्मक प्रभाबलाई जोगाउनुपर्छ ।’

बेलायतको हाउस अफ कमन्सले गत जनवरीमा इयूसँग बेलायती प्रधानमन्त्री टरिजा मेले गरेको सम्झौता बेलायतको पक्षमा नभएको भन्दै विफल पारिदिएको थियो । संसदले प्रधानमन्त्रीलाई पुनः वार्ताका लागि जनादेश दिएको छ तर जर्मनी, फ्रान्सलगायत यूरोपेली मुलुक थप वार्ताका लागि तयार देखिएका छैनन् । -सिन्ह्वा

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ८ : २९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया