लाखौं डलरको क्रिप्टो लगानी यसरी भयो खरानी « Khabarhub

लाखौं डलरको क्रिप्टो लगानी यसरी भयो खरानी


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोरोन्टो, क्यानडा- डिजिटल मुद्रा अर्थात् क्रिप्टोकरेन्सीमा गरिएको लाखौं लगानी एक जना संस्थापकको मृत्यु भएसँगै खरानीमा परिणत भएको छ। क्यानडेली प्लेटफर्मकोको विद्युतीय मुद्रा क्वाड्रिगाका संस्थापक जेराल्ड कटनको गत डिसेम्बरमा मृत्यु भएपछि सो प्लेटफर्ममा गरिएको लगानीबाट कुनै पनि आम्दानी नहुने भएको हो।

करिब १३ करोड ७२ लाख अमेरिकी डलर बराबरको लगानी सो प्लेटफर्ममा भएको बताइएको छ ।

क्वाड्रिगामा गरिएको लगानीका तथा अन्य विवरण अवस्थाबारे जानकारी लिन पासवर्डको जरुरी हुन्छ । सो पासवर्ड कटनसँग मात्र रहेको थियो भने अरु कसैलाई पनि यसको जानकारी थिएन ।

क्वाड्रिगाले बिटक्वाइन, लिटक्वाइन र लिथेरियमजस्ता क्रिप्टोकरेन्सीको व्यवसाय गर्दै आएको थियो ।

३० वर्षीय कटनको भारतमा एक सामाजिक काम गर्ने क्रममा नै मृत्यु भएको क्वाड्रिगाको आधिकारिक फेसबुक पेजमा गत जनवरी १४ मा एक पोस्टमार्फत जानकारी गराइएको थियो ।

क्वाड्रिगाका ३ लाख ६३ हजार प्रयोगकर्ता छन् । तर एक लाख १५ हजार प्रयोगकर्ता मात्र प्रभावित भएको बताइएको छ ।-रोयटर्स

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  १० : ३४ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको