‘समर लभ’ हेर्न उपन्यास बिर्सिनुपर्ने ! « Khabarhub

‘समर लभ’ हेर्न उपन्यास बिर्सिनुपर्ने !


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र निर्देशक मुस्कान ढकालको दौडधूप बढेको केही समय भयो । आउँदो शुक्रवार अर्थात् माघ २५ गतेदेखि रिलिज हुन लागेको फिल्म ‘समर लभ’ ले उनलाई निकै व्यस्त बनाइदिएको छ । यो फिल्म सुबिन भट्टराईको ‘बेस्ट सेलर’ उपन्यास ‘समर लभ’ मा आधारित छ । फिल्मको प्रचार पुग्ने उद्देश्यले उनी निरन्तर रुपमा पत्रकार भेटघाटमा समेत सक्रिय छन् ।

सोमबार भेटिएका निर्देशक ढकालले पत्रकारसँग कुरा गर्दै दर्शकले फिल्मका पात्र उपन्यासको पात्रसँग नमिलेको भन्ने आरोप लगाएको स्वीकारे । उनले भने, ‘उपन्यासका पात्रको जसरी लेखकले वर्णन गर्नुभएको छ, त्यो आधारमा हरेक पाठकले पात्र निर्माण गर्ने तरिका फरक हुन्छ, हो तर हामीले उपन्यासका पात्रलाई अझ सुहाउँदो बनाउन सकिन्थ्यो ।’

फिल्ममा अतीत र सायाको भूमिकामा आशिष पिया र रेवती क्षेत्रीले अभिनय गरेका छन् । निर्देशकले आफूले चाहेजस्तो पात्र नभेट्दा र केही पात्रले तीन चरणको मिटिङ गरिसकेपछि पनि केही नायिकाले खेल्न असहज मानेकाले भारतमा बस्ने नायिकालाई अभिनय गराउनु परेको उनले बताए ।

पाठकलाई उपन्यासले दिएको सन्तुष्टि फिल्मले पूरा गर्ला त भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘हरेक पाठकले उपन्यासको पात्रलाई फरक रुपमा लिनुभएको हुन्छ, मेरो भिजनमा पनि पात्रहरु पक्कै फरक छन्, फिल्म हेर्दा एकछिन उपन्यासलाई भुल्ने हो भने यो फिल्म उत्कृष्ट छ, यसमा ढुक्क छु ।’

फिल्ममा पटकथा सामीप्यराज तिमल्सेनाले लेखेका हुन् भने खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन् । यस्तै फिल्ममा अर्जुन जिसीको सम्पादन, सञ्जय लामाको छायांकन छ भने नम्रता सापकोटा, शिशिर भण्डारी, नम्रता सापकोटा लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

रिलिज गरिएका गीत र ट्रेलरले राम्रै हाइप बनाएको छ । उपन्यासले भने खासगरी युवा पाठकबाट निकै राम्रो हाइप बटुलेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  १२ : १३ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार