बुर्किना फासोमा करिब डेढ सय आतंकवादी मारिए « Khabarhub

बुर्किना फासोमा करिब डेढ सय आतंकवादी मारिए


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोमा सेनाले चलाएको सैनिक कारबाहीमा १ सय ४६ संदिग्ध आतंककारी मारिएका छन् । बुर्किना फासोको पश्चिमी क्षेत्रमा सेनाले गरेको आतंकवादीविरुद्ध सैनिक कारबाहीमा उनीहरुको मारिएका हुन् ।

आइतबार पश्चिमी बोख्ल द महुन क्षेत्रमा आतंकवादीको आक्रमणमा १४ जनाको ज्यान गएपछि आतंकवादीविरुद्धको थप सैन्य कारबाही अघि बढाइएको बुर्किनाबे सैनिक अधिकारीले जनाएका छन् ।

बुर्किनाबे सैनिक अधिकारीले आतंकवादीविरुद्धको कारबाहीलाई निरन्तरता दिइरहेको छ । बुर्किना फासोमा गत तीन वर्षयता इस्लामिक अतिवादीहरुले सैनिक तथा गैरसैनिकलाई तीव्र निसाना बनाउँदै आएको थियो ।

गत डिसेम्बर २७ मा भएको आक्रमणमा १० बुर्किनाबे शसस्त्र प्रहरीको ज्यान गएपछि बुर्किना फासोका १३ मध्ये ७ क्षेत्रमा संकटकाल घोषणा गरिएको थियो ।

– एजेन्सीको सहयोगमा 

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  २ : ५० बजे

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच