इस्लामिक स्टेट फर्किन सक्छ: पेन्टागन | Khabarhub Khabarhub

इस्लामिक स्टेट फर्किन सक्छ: पेन्टागन


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाको रक्षा मन्त्रालयको कार्यालय पेन्टागनले सिरिया र इराकमा आतंकवादी संगठन इस्लामिक स्टेट फर्किनसक्ने जनाएको छ । पेन्टागनले एक प्रतिवेदन सार्वजनिक गर्दै अबको ६ महिनादेखि एक वर्षभित्रमा इस्लामिक स्टेटले पुनरागमन गर्नसक्ने उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट पराजित भइसकेको भन्दै त्यहाँ रहेका आफ्ना २ हजार सैनिक फिर्ता बोलाउने घोषणा गरेको केही समयपछि पेन्टागनको यस्तो प्रतिवेदन सार्वजनिक भएको हो ।

सिरिया र इराकमा आवश्यक सैनिक दबाब कम हुँदै जाँदा इस्लामिक स्टेटले पुनरागमन गर्ने संभावना बढ्दै जाने पेन्टागनले जनाएको छ ।
इस्लामिक स्टेटले आफ्नो पुनरागमन गर्ने तयारी तीव्र पार्दै गएपनि त्यस क्षेत्रमा आवश्यक प्रतिआतंकवादी नीति तथा कार्यक्रम नहुँदा त्यसले इस्लामिक स्टेटलाई फाइदा पुगिरहेको पेन्टागनको प्रतिवेदनमा लेखिएको छ ।

कुनै समय सिरिया र इराकको ठूलो भूभागमा कब्जा जमाएको इस्लामिक स्टेट अहिले सिरियाको डिएर इजजोर प्रान्तमा केही वर्गकिलोमिटरमा सिमित छ ।

तस्वीर– टेररमनिटर डट ओआरजी

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  २ : ५८ बजे

हिमपातले हुम्लामा हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर

फाइल फोटो सिमकोट – हिमाली जिल्ला हुम्लामा पुनः दोस्रो पटक

माथिल्लो तामाकोशीबाट ८८ दिनपछि पुनः विद्युत् उत्पादन सुरु

काठमाडौं – नेपालमा सञ्चालनमा रहेका जलविद्युतगृहहरूमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको

हिउँदे झरी : बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने

काठमाडौं – नेपालमा आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम

अखिल (क्रान्तिकारी) को नेतृत्व चयन पुस १७ हुने

काठमाडौं – नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) को नेतृत्व

सुदूरपश्चिममा शेखरको हाई–हाई !

 काठमाडौं– गत मंसिर २२ मा आफ्नै गृहनगर विराटनगरमा पार्टीको कोशी