ईयूका १५ मुलुकले दिए गुुआइदोलाई राष्ट्रपतिको मान्यता « Khabarhub

ईयूका १५ मुलुकले दिए गुुआइदोलाई राष्ट्रपतिको मान्यता


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युरोपेली यूनियन (ईयू)का अधिकांश मुलुकहरुले स्वघोषित अन्तरिम राष्ट्रपति घोषणा गरेका भेनेजुएलाका विपक्षी नेता हुआँ गुआइदोलाई राष्ट्रपति मान्ने जनाएका छन् । स्पेन, बेलायत, फ्रान्सलगायत १५ युरोपेली मुलुकहरुले गुआइदोलाई राष्ट्रपतिको मान्यता दिने घोषणा गरेका हुन् ।

गत सातामात्रै युरोपेली युनियनका मुलुकहरुले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई राष्ट्रपतिको चुनाव गर्न दिएको ८ दिनको म्याद घर्किएसँगै युरोपेली यूनियनका मुलुकहरुले गुआइदोलाई राष्ट्रपतिको मान्यता दिएका हुन् ।

यता गुआइदोले भने आफूलाई राष्ट्रपतिको मान्यता दिने सबै युरोपेली मुलुकहरुलाई धन्यवाद दिएका छन् । उनले ट्वीट गर्दै भेनेजुएलामा लोकतन्त्र स्थापनाका लागि युरापेली युनियनका मुलुकहरुले चालेको कदमको स्वागत समेत गरेका छन् ।

भेनेजुएलाका राष्ट्रपति मादुरोको साझेदार मुलुक रुसले भने गुआइदोलाई राष्ट्रपतिको मान्यता दिने युरोपेली युनियनका मुलुकहरुको कदमको चर्को विरोध गरेको छ । रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले एक विज्ञप्ति जारी गर्दै भेनेजुएलामा अवैधानिक शक्तिलाई मान्यता दिने युरोपेली युनियनका मुलुकहरुको कदमको विरोध गरेको हो ।

भेनेजुएलामा राष्ट्रपति मादुरो र गुआइदोले पछिल्ला केही सातायता विशाल जनप्रदर्शन आयोजना गर्दै आएका छन् । जनप्रदर्शनकै माझबाट गुआइदोले गत जनवरी २३ मा आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेका थिए ।

त्यसयता भेनेजुएलाको राजनीतिक संकटलाई लिएर अन्तर्राष्ट्रिय समुदायमा मतविभाज भएको छ । अमेरिकासहित पश्चिमा मुलुकले गुआइदोलाई राष्ट्रपतिको मान्यता दिएका छन् भने रुस र चीनसहितका केही राष्ट्रहरुले मादुरोलाई नै राष्ट्रपति मान्ने जनाएका छन् । मादुरोले सत्ता नछाडे सैनिक आक्रमण गर्ने अमेरिकाले चेतावनी समेत दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ३ : ०९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै