अनमोल र भुवनसँगै निरुताले नाचे, ‘क्याप्टेन’ को गीत खिचियो (फोटो फिचर) « Khabarhub

अनमोल र भुवनसँगै निरुताले नाचे, ‘क्याप्टेन’ को गीत खिचियो (फोटो फिचर)


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता अनमोल केसी खेलाडीको भूमिकामा देखिएको ‘क्याप्टेन’ को चर्चा छ यतिबेला । केही दिनअघि मात्र ट्रेलर रिलिज गरेर चर्चा कमाएको यो फिल्मको गीत छायांकनका केही तस्वीर बाहिरिएका छन् ।

सोमवार ललितपुरमा रहेको एक पार्टी प्यालेसमा पुग्दा बत्तीको उज्यालोमा अनमोल केसी अभिनित फिल्मको गीत छायांकन भइरहेको थियो । शूटिङका लागि अनमोल इशान लेखिएको जर्सी लगाएर फुटबल खेलिरहेका थिए ।

गीत छायांकनका लागि प्यालेसलाई विशेष रुपमा सजाइएको थियो । ‘कर्ली कर्ली’ बोलको गीतको छायांकन गर्न त्यहाँ अनमोल केसी मात्र उपस्थित थिएनन् । भुवन केसी र निरुता सिंह पनि थिए ।

एसडी योगी र मेलिना राईले गाएको यो गीतमा योगीकै शब्द र संगीत छ । उक्त गीतको कोरियोग्राफी रेनाशा बान्तवा राईले गरेकी छिन् ।
गीतमा अनमोलसँगै भुवन केसी र निरुता सिंह पनि नाचेका छन् । आउँदो फागुन १७ गतेबाट रिलिज हुने यो फिल्ममा अनमोल केसी शीर्ष भूमिकामा छन् भने उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतको अभिनय छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको यो फिल्मलाई सुदीप बरालले छायांकन गरेका हुन् भने चलचित्रलाई भुवन केसीले निर्माण गरेका हुन् ।

तस्वीर: निर्माण टिम

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ३ : ५६ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण