एनसेलको मुद्दा हेर्दाहेर्दैमा, एक–दुई दिनमै अन्तिम फैसला हुने « Khabarhub

एनसेलको मुद्दा हेर्दाहेर्दैमा, एक–दुई दिनमै अन्तिम फैसला हुने


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल खरिदबिक्री प्रकरणको लाभकर विवादसम्बन्धी मुद्दाको सुनुवाई हेर्दाहेर्दैमा राखेको छ ।

लामो समय स्थगित रहेको मुद्दामाथि माघ १७ गतेदेखि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको पूर्ण इजलाशमा सुनुवाइ भइरहेको छ । राणा नेतृत्वको इजलाशले १७ गतेदेखि नै मुद्दालाई हेर्दाहेर्दैमा राख्दै आएको छ ।

१७ गते यता २० र २२ गते (मंगलबार) गरी दुईपटक सुनुवाइ भइसकेको छ । एनसेलको पक्षका वकिलहरुको बहस जारी रहेकाले मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च स्रोतले खबरहबलाई जानकारी दियो ।

सर्वोच्च स्रोतका अनुसार संभवतः एक–दुई दिनमै मुद्दा किनारा लाग्ने छ ।

यसअघि गत असोज १८ गतेदेखि एनसेल लाभकर विवाद प्रकरणको मुद्दामा सर्वोच्चले अन्तिम सुनुवाइ थालेको थियो । न्यायाधीश शारदाप्रसाद घिमिरे नेतृत्वको पूर्ण इजलाशमा न्यायाधीशहरु विश्वम्बरप्रसाद श्रेष्ठ, पुरुषेत्तम भण्डारी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान सदस्य थिए ।

तर, गत मंसिर १३ गतेदेखि सर्वोच्चले दैनिक पेशीमा नचढाइ मुद्दा स्थगित गरेको थियो । यसबीचमा लिड न्यायाधीश घिमिरेले पुस २१ गते उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि एनसेल लाभकर मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।

लाभकर प्रकरणको मुद्दामाथि पूर्ण सुनुवाइ जारी रहेपनि एनसेलको मागदावी अनुसारको आदेश भने सर्वोच्चले यसअघि नै जारी गरिसकेको थियो ।

सर्वोच्चले ९ पुस २०७४ मा एनसेलको लाभांश नरोक्न भन्दै ठूला करदाता कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीशहरु ओमप्रकाश मिश्र र केदार प्रसाद चालिसेको इजलाशले लाभांश रोक्दा कम्पनीलाई अपूरणीय क्षति पुगेको भन्दै लाभांश नरोक्न अन्तरिम आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ६ : १० बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा