दुरदर्शी बन्नुस् सफलता यसै मिल्छ – नेपोलियन « Khabarhub

दुरदर्शी बन्नुस् सफलता यसै मिल्छ – नेपोलियन


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मध्यरातको समयमा बाहीर घमासाना युद्ध चलिरहेको थियो, फ्रान्सका सम्राट नेपोलियन पाल भित्र मस्त सँग सुतिरहेका थिए । त्यही समयमा एक्कासी नेपोलियनका अंगरक्षकले उनलाई उठाउँदै भने – महाराज, सेनापती तपाईसँग तुरुन्तै भेट गर्न चाहन्छन् ।

मस्ता निन्द्रामा रहेका नेपोलियन अंगरक्षकले बोलाएपछि विउँभिए र कोल्टे फेर्दै भने सोध के कुरा हो ? अंगरक्षकले अत्तालिदै भने – दक्षिणतिरबाट पुरै घेरेर शत्रुको सेनाले हमला गरेका छन् । सेनापति अब के गर्ने भन्ने बारेमा थाहा पाउन चाहन्छन् ।

तर, यति ठूलो खबर सुन्दा पनि नेपोलियन फिटिक्कै विचलित भएनन् । उनले सेनापतिलाई नबोलाइ अंरक्षकलाई नै भने – कुनाको बक्सामा चौतिस नम्बरको एउटा नक्शा राखिएको छ । त्यो सेनापतिलाई देऊ र भन्न उनी बिहान आएर मलाई युद्धको बारे जानकारी दिउन ।
त्यो नक्सामा दक्षिणतिरका सेनाले आक्रमण गरे भने जवाफी कारवाही कसरी गर्ने भन्ने देखाइएको थियो । त्यही अनुसारको युद्ध भयो र नेपोलियनको सेना विजयी भए ।

भोलिपल्ट सेनापतिले जितको सूचना दिदै नेपोलियनलाई सोधे – यती छिटै कसरी योजना बनाउनुभयो ? के कुनै देवताले तपाईंको मद्दत गर्छन ?

नेपोलियनले जवाफ दिए – हो, विचार र दुरदर्शिता नामक दुई देवता सँधै मेरो साथ रहन्छन् । उनैले भविष्यको सम्भावनाप्रती मानिसले पहिलादेखि नै जागृत र सावधान हुनुपर्छ भन्ने सिकाए । भविष्यप्रति हाम्रो दृष्टि जति स्पष्ट, जति व्यापक र जति गहिरो हुन्छ त्यति नै हामी जीवनमा सफल हुन सक्नेछाैं ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ६ : ४२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी