दुरदर्शी बन्नुस् सफलता यसै मिल्छ – नेपोलियन « Khabarhub

दुरदर्शी बन्नुस् सफलता यसै मिल्छ – नेपोलियन


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मध्यरातको समयमा बाहीर घमासाना युद्ध चलिरहेको थियो, फ्रान्सका सम्राट नेपोलियन पाल भित्र मस्त सँग सुतिरहेका थिए । त्यही समयमा एक्कासी नेपोलियनका अंगरक्षकले उनलाई उठाउँदै भने – महाराज, सेनापती तपाईसँग तुरुन्तै भेट गर्न चाहन्छन् ।

मस्ता निन्द्रामा रहेका नेपोलियन अंगरक्षकले बोलाएपछि विउँभिए र कोल्टे फेर्दै भने सोध के कुरा हो ? अंगरक्षकले अत्तालिदै भने – दक्षिणतिरबाट पुरै घेरेर शत्रुको सेनाले हमला गरेका छन् । सेनापति अब के गर्ने भन्ने बारेमा थाहा पाउन चाहन्छन् ।

तर, यति ठूलो खबर सुन्दा पनि नेपोलियन फिटिक्कै विचलित भएनन् । उनले सेनापतिलाई नबोलाइ अंरक्षकलाई नै भने – कुनाको बक्सामा चौतिस नम्बरको एउटा नक्शा राखिएको छ । त्यो सेनापतिलाई देऊ र भन्न उनी बिहान आएर मलाई युद्धको बारे जानकारी दिउन ।
त्यो नक्सामा दक्षिणतिरका सेनाले आक्रमण गरे भने जवाफी कारवाही कसरी गर्ने भन्ने देखाइएको थियो । त्यही अनुसारको युद्ध भयो र नेपोलियनको सेना विजयी भए ।

भोलिपल्ट सेनापतिले जितको सूचना दिदै नेपोलियनलाई सोधे – यती छिटै कसरी योजना बनाउनुभयो ? के कुनै देवताले तपाईंको मद्दत गर्छन ?

नेपोलियनले जवाफ दिए – हो, विचार र दुरदर्शिता नामक दुई देवता सँधै मेरो साथ रहन्छन् । उनैले भविष्यको सम्भावनाप्रती मानिसले पहिलादेखि नै जागृत र सावधान हुनुपर्छ भन्ने सिकाए । भविष्यप्रति हाम्रो दृष्टि जति स्पष्ट, जति व्यापक र जति गहिरो हुन्छ त्यति नै हामी जीवनमा सफल हुन सक्नेछाैं ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ६ : ४२ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण