विराटनगरको कप्तानी करण केसीले गर्ने « Khabarhub

विराटनगरको कप्तानी करण केसीले गर्ने


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रथम संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) मा उपविजेता बनेको विराटनगर किङ्सको कप्तानी करण केसीले गर्ने भएका छन् । मंगलबार क्लबले राजधानीमा पत्रकार सम्मेलन गरी करणले टिमको नेतृत्व गर्ने जानकारी दिएको हो ।

यसअघि नै खेलाडी बोल कबोल अक्सनबाट छनोट गरिसकेको विराटनगरले प्रथम श्रेणी खेलिसकेका अनुभवी दुई भारतीय खेलाडीलाई विदेशी खेलाडीको कोटामा भित्र्याएको छ । भारतीय क्लब रेलबेजबाट रणजी ट्रफी खेलीसकेका देब्रेहाते स्पिनर अभिनास यादव र देब्रेहाते ब्याट्सम्यान शिभकान्त शुक्लालाई टिममा आवद्ध गरेको हो ।

३२ वर्षे यादवले २५ प्रथम श्रेणी खेलमा ७६ विकेट लिइसकेका छन् भने ३३ वर्षे शुक्लाले ८५ प्रथम श्रेणीको खेलमा ४ हजारभन्दा बढी रन बनाएका छन् । टिमको प्रशिक्षक शेरबहादुर (सुनिल) रहेका छन् भने विराटनगर किङ्सको मुख्य प्रायोजक श्रीएयरलाइन्स रहेको छ ।

यसअघिका दुई संस्करणमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानी गरेको टोलीमा पारसले डीपीएल नखेल्ने भएपछि करण टिमको रणनीतिक खेलाडी घोषित भएका थिए ।

डीपीएल माघ २६ गतेदेखि प्रस्तावित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । विराटनगरले डीपीएलको उद्घाटन खेलमा धनगढी स्टार्ससँग २६ गते खेल्नेछ ।

विराटनगर टिम
कप्तान—करण केसी
कुशल भुर्तेल, अर्जुन अधिकारी, किशोर महतो ,आसिफ शेख, राजेश पुलामी मगर , महोमद संसद शेख, पृथु बास्कोटा, हरिशंकर साह, सुशन भारी श्रेष्ठ, अमृत गुरुङ, तृत राज दास, सुवाष ऐर, अभिनाश कर्ण, शिवकान्त शुक्ला

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ६ : ५१ बजे

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,

दलित समुदायबारे आफूले नबोलेको विषय प्रचार गरिएको भन्दै लिङ्देनको आपत्ति

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले