थाहा पाउनुस्, भुटेको मकै खाँदा हुन्छ यस्ता फाइदा | Khabarhub Khabarhub

थाहा पाउनुस्, भुटेको मकै खाँदा हुन्छ यस्ता फाइदा


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भुटेको मकै मन नपराउने नेपाली कम नै छन् । गाउँघरमा खाजाको रुपमा भुटेको मकै अत्याधिक मात्रामा प्रयोग हुने गरेको छ ।

काठमाडौं लगायतका शहरमा पनि भुटेको मकै खाने प्रचलन राम्रै छ । मकै खाँदा स्वास्थ्यका हिसावमा पनि धेरै फाइदा छन् ।

यस्तो छ भुटेको मकैको फाइदा

भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ । यसले पाचन प्रणालीमा सुधार गर्छ । भुटेको मकै खाँदा एसिडिटी र कब्जियतको समस्या हुदैन् ।

भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रशस्त हुने भएकोले शरिरमा हड्डीलाई बलियो बनाउछ ।

भुटेको मकैमा आईरन, भिटामिन बी १२, फोलिक एसिडको मात्र प्रर्याप्त हुन्छ । यसले शरिरमा रगत अभाव हुन दिँदैन ।

भुटेको मकैमा खाँदा रक्त प्रबाहलाई तीब्र बनार्ई रक्तचाप नियन्त्रण गर्छ । भुटेको मकैले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गरी मुटुरोगको खतराबाट बचाउछ ।

भुटेको वा पोलेको मकैमा कार्बोइड्रेडको मात्र पर्याप्त हुने भएकोले यसले शरिरलाई पयाप्त उर्जा प्रदान गर्छ ।

भुटेको मकैले दाँतको व्यायाम हुन्छ । यसले दाँत सफा र बलियो बनाउँछ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ७ : ०२ बजे

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, घुस प्रकरणमा पनि कुरा हुने

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

दमौली– मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक

सेवा प्रवाह प्रभावकारी नभएको गुनासो

कर्णाली– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठूला राजनीतिक दलहरूको

शिक्षणका डाक्टरमाझ प्रधानमन्त्रीले भने- तीन हजार वर्षअघि नै चतरामा ऋषि सुश्रुतले सर्जरी गरेका थिए

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय इतिहासका तथ्यले पुष्टि