शान्तिसुरक्षा कायम गर्न स्थानीय तहसँग प्रहरीको सम्झौता « Khabarhub

शान्तिसुरक्षा कायम गर्न स्थानीय तहसँग प्रहरीको सम्झौता


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । समाजमा शान्तिसुरक्षा कायम गर्न भन्दै नेपाल प्रहरीले समुदायसँग सहकार्य गर्ने लक्ष्यसहित थालेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम कार्यान्वयनका लागि ७४७ स्थानीय तहसँग सम्झौता गरेको छ । हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नाराका साथ कात्तिक ११ गतेदेखि कार्यक्रम सुरु भएको थियो । कार्यक्रमअन्तर्गत ७५ जिल्ला समिति, ७३७ पालिका समिति, तीन हजार ९४१ वडा समिति, दुई हजार ९४६ टोल समिति र चार हजार ३५२ विद्यालय सम्पर्क समिति गठन गरिएको प्रहरीले जनाएको छ ।

सामाजिक न्याय, राष्ट्रिय सुरक्षा, आपसी मेलमिलाप, सामुदायिक शिक्षा र जनचेतना जगाउने उद्देश्यका लागि कूल १० हजार ५६ प्रहरी कर्मचारीलाई प्रशिक्षण दिइएको प्रहरी प्रवक्ता उत्तमराज कार्कीले बताए ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  १० : ५८ बजे

निषाद जातिको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ 

काठमाडौं– सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न आदेश

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

जानकी– जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता

‘विशेष महाधिवेशनकै दिन पार्टी कार्यालयमा भेला राखेर संस्थापन पक्षले मुठभेड गर्न खोज्यो’

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले आफुहरुले विशेष महाधिवेशन राखेकै

नायक प्रवीणलाई एकल फिचर्ड गरी ‘शिवांंश’को टिजर सार्वजनिक

काठमाडौं – नायक प्रवीण खतिवडा शीर्ष भूमिकामा रहेको फिल्म ‘शिवांश’को

रूकुम पूर्व र दैलेखबाट भरूवा बन्दुक बरामद

काठमाडौं– रूकुम पूर्वको सिस्ने गाउँपालिका-६ साग्रेखोलाबाट भरूवा बन्दुक १ थान र