लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा « Khabarhub

लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेनस्सी- लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा पुगेको छ । शनिबार राति भएको खेलमा न्युक्यासल युनाईटेडलाई पराजित गर्दै लिभरपुलले शीर्ष स्थान बनाएको हो । प्रतियोगितामा न्युक्यासल ३–२ गोल अन्तरले पराजित भयो ।

लिभरपुलको जीतका लागि १३ औ मिनेटमा भर्जिल भान डिजिकको गोलबाट अग्रता लिएको थियो । खेलको २० औ मिनेटमा न्युक्यासलका क्रिस्टियन अत्सुले बराबरी गोल फर्काएका थिए । २८ औ मिनेटमा मोहमद सालाहले गोल गर्दै पुन लिभरपुललाई अग्रता दिलाए ।

५४ औ मिनेटमा घरेलु टोलीका सलोमन रोन्डोनले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए । खेल सकिन ४ मिनेट अघि मैदान छिरेका डिभोक ओरिजीले गोल गर्दै लिभरपुललाई महत्वपुर्ण ३ अंक दिलाए ।

शीर्ष स्थानको लिभरपुलले ३७ खेलबाट ९४ अंक जोडेको छ । एक खेल कम खेलेको सिटी ९२ अंक सहित दोस्रो स्थानमा छ । न्युक्यासल ४२ अंक सहित १४ औ स्थानमा छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ७ : ११ बजे

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौँ– जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका

सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि

निर्वाचन सम्पन्न भएकोमा नेपाललाई चीनको बधाई

काठमाडौँ– चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकोमा बधाई

ट्रम्पद्वारा इरानविरुद्धको सैन्य कारबाही घटाउने संकेत, तेलमाथिको प्रतिबन्धमा अस्थायी खुकुलोपन

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध जारी सैन्य अभियानलाई

ताप्लेजुङको पाथीभरा क्षेत्रमा पाँचौँ पटक हिमपात

ताप्लेजुङ– ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार